चावहिल–बौद्ध–जोरपाटी सडकखण्ड छिट्टै पिच गर्न माग गर्दै अनिश्चितकालीन आन्दोलन सुरु गरेका स्थानीय र प्रहरीबीच झडप भएको छ ।बौद्धमा बौद्ध व्यापार सङ्घको अगुवाइमा बाटो धुलोमुक्त बनाउ भन्दै स्थानीय प्रदर्शनमा उत्रेपछि बाटो ठप्प भएपछि खुलाउन प्रहरीले बल प्रयोग गरेको हो ।
बिहीबार पनि सङ्घर्ष समितिले चाँडो कालोपत्रे गर्न मागसहित चुच्चेपाटी जोरपाटी क्षेत्रमा सडक अवरुद्ध नै गरेको थियो । उनीहरुले सडकमा टायर बालेर प्रर्दशन गरेका छन् । झडपका क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो पनि पढ्नुहोस्
सडक पिच गर्न माग गर्दै बौद्ध–जोरपाटीका बासिन्दा आन्दोलनमा
सडक छिटो पिच गर्न माग गर्दै बौद्ध–जोरपाटीका बासिन्दाले आजदेखि आन्दोलन सुरु गरेका छन् । चुच्चेपाटी–टुसाल–बौद्ध–जोरपाटी सडक छिटो पिच र काममा ढिलाई गर्ने ठेकेदारलाई कारवाही गर्न माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । सडक पिच नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुको भनाइ छ ।
व्यापारी र स्थानीयबासीले आज बिहान विभिन्न नारा लेखिएका प्लेकार्डसहित बौद्ध स्तुपाअगाडि विरोध प्रदर्शन गरेका थिए । उनीहरुले ह्युमपाइप, पोल तेर्स्याएर सडक अवरुद्ध गरेपछि केही समयपछि प्रहरीले हटाएको थियो । आन्दोलनका कारण उक्त सडकमा यातायात आवागमन अवरुद्ध भएको छ ।
मर्मतमा लामो समयदेखि ढिलाई हुँदा पानी पर्दा हिलो र घाम लाग्दा धुलोको समस्याले यस क्षेत्रका बासिन्दा पीडित छन् । सबैभन्दा बढी सडक किनारका बासिन्दा र व्यापारी प्रभावित भएका छन् ।
यो सडकखण्ड निर्माणको जिम्मा हिराचन एन्ड कम्पनीले करिब चार वर्षअघि १ अर्ब ४५ करोड रुपैयाँमा पाएको हो । सम्झौताअनुसार यो सडक २०७४ को माघ महिनामै यो सडक बनिसक्नुपर्नेमा अहिलेसम्म अलपत्र परेको छ ।

















प्रतिक्रिया