Logo

खेलकुद

इन्डियन प्रिमियर लिगको फाइनल प्रवेशका लागि प्रतिस्पर्धा



इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि आज दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्दैछ ।

आज राति ७ बजेर ४५ मिनेटमा भिसखापट्नाममा सुरु हुने खेलमा दुबै टिम जित हात पार्दै फाइनलमा पुग्ने लक्ष्यमा हुनेछन् । यी दुई टिमको विजेताले फाइनलमा उपाधिका लागि मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ । लिगचरणको दुबै खेलमा दिल्ली चेन्नाईसँग फराकिलो अन्तरले पराजित भएको छ । यता, इलिमिनेटर राउण्डको खेलमा दिल्लीले सनराइजर्स हैदरावादलाई २ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार ०७:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।