Logo

अर्थ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगलाई लक्षित गर्दै सिद्धार्थ बैंकद्वारा आकर्षक योजनाहरु सार्वजनिक



काठमाडौं । नेपाल प्रिमियर लिगको टाइटल स्पोनसरका रुपमा आवद्ध रहेको सिद्धार्थ बैंकले नयाँ ग्राहकलाई लक्षित गरीे सिद्धार्थ एनपीएल क्रेडिट कार्ड र सिद्धार्थ एनपीएल बचत खाता सार्वजनिक गरेको छ र त्यसका विशेषताहरु निम्न प्रकारका रहेका छन् ।

१) सिद्धार्थ एनपीएल क्रेडिट कार्ड
यस योजना अन्तर्गत आश्विन १, २०८३ देखि मंसिर २९, २०८३ भित्रमा आवेदन दिने ग्राहकले आजीवन निःशुल्क क्रेडिट कार्ड प्राप्त गर्न सकिनेछ जसका लागि निम्न सर्तहरू पूरा गर्नु पर्नेछ ।

पहिलो वर्षको वार्षिक शुल्क कार्ड जारी गरेकै समयमा पूर्ण रूपमा छुट दिइनेछ ।

दोस्रो वर्षदेखि, ग्राहकले अघिल्लो वर्षमा कम्तीमा तीनवटा क्रेडिट कार्ड कारोबार पूरा गरेको खण्डमा मात्र वार्षिक शुल्क फिर्ता गरिनेछ । वार्षिक शुल्क फिर्ताको योग्यता हरेक वर्ष मूल्यांकन गरिनेछ । कुनै वर्ष न्यूनतम कारोबार पूरा नभएमा त्यो वर्ष यो सुविधा लागु हुनेछैन । न्यूनतम कारोबार पूरा गरेमा ग्राहकहरु अर्को वर्ष पुनः यस सुविधाका लागि योग्य हुनेछन् ।

२) सिद्धार्थ एनपीएल बचत खाता
सिद्धार्थ एनपीएल बचत खाता खोल्ने ग्राहकले निम्न सुविधाहरु प्राप्त गर्न सकिनेछ ।खाता खोलेका ग्राहकहरूले विशेष सिद्धार्थ एनपीएल थिम मा डिजाइन गरिएको डेबिट कार्ड पाउने छन् ।
सिद्धार्थ एनपीएल बचत खाता खोल्ने ग्राहकहरूले सुरुवाती सुविधाका रूपमा ५०० सिद्धार्थ रिवार्ड पोइन्ट पाउनेछ ।

सिद्धार्थ एनपीएल डेबिट कार्ड र सिद्धार्थ बैंक स्मार्ट एक्सपी दुवैको सदस्यता लिने ग्राहकहरूले प्रारम्भिक सदस्यता लिँदा एकमुष्ट ५०० रूपैयाँ वार्षिक शुल्क तिरेर बन्डल प्याकेजको रूपमा सेवा प्राप्त गर्न सकिनेछ ।

त्यसैगरी २०८३ साल असोज १ देखि कार्तिक ३० सम्मको अभियान अवधिमा, सिद्धार्थ एनपीएल बचत खातावालाहरुले निम्न विशेष ल्एी(सम्बन्धित अनुभव र सुविधाहरू प्राप्त गर्ने अवसर पाउने छन् । अभियान अवधिमा सबैभन्दा बढी रिवार्ड प्वाइन्ट पाउने शिर्ष २० सिद्धार्थ एनपीएल बचत खातावालाहरुले विशेष सिद्धार्थ एसबीएल एनपीएल गिफ्ट ह्यामपर पाउने छन् ।

अभियान अवधिमा सबैभन्दा बढी रिवार्ड प्वाइन्ट कमाउने एक जना सिद्धार्थ एनपीएल बचत खातावालाले एसबीएल एनपीएल भिडियोमा फिचर हुने अवसर पाउने छन् ।

अभियान अवधिमा सबैभन्दा बढी Rewards Point Redemption Transaction पूरा गर्ने शिर्ष ५ सिद्धार्थ एनपीएल बचत खातावालाहरुले दुई/दुई वटा SBLNPL को टिकट जित्नु हुनेछ । अभियान अवधिमा सबैभन्दा उच्च रिवार्ड च्याम्पियन स्कोर हासिल गर्ने एक जना सिद्धार्थ एनपीएल बचत खातावालाले सेमिफाइनल खेलमा ‘प्लेयर अफ द म्याच’ पुरस्कार प्रस्तुत गर्ने अवसर पाउनु हुनेछ । रिवार्ड च्याम्पियन स्कोर भन्नाले अभियान अवधिमा आर्जन गरिएको कुल Rewards Point / Redeem गरिएको कुल Rewards Point को योगफललाई जनाउँदछ ।

यस योजनाको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’मा निम्न माध्यमहरुमार्फत सम्पर्क गर्न सकिनेछ ।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार ११:४२   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।