Logo

अर्थ

स्वास्थ्य बीमाको लागी ६ अर्ब बजेट



सबै नेपाली नागरिकको स्वास्थ्य बीमा हुने भएको छ । यसका लागि सरकारले ६ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

यस्तै बाल स्वास्थ्यको सुधारका लागि सरकारले ६ अर्ब रुपैयाँ विनियोजन गरिएको छ। सबै स्थानीय तहमा न्यूनतम एक चिकित्सक उपलब्ध गराउने भएको छ । सबै स्थानीय तहमा स्वास्थ्य संस्था बनाउने योजना रहेको छ । यसको लागि सरकारले ५ अर्ब विनियोजन गरेको छ ।

राजविराजमा रामराजा अस्पतालको लागि ४० करोड बजेट विनियोजन भएको छ । बालकोटमा वीर अस्पताल निर्माण गर्न ४० करोड विनियोजन गरिएको छ । स्वास्थ्य क्षेत्रमा ६८ अर्ब ७८ करोड बजेट विनियोजन भएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार १०:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।