Logo

अर्थ

काठमाडौंका सडककलाई माटोमुक्त बनाउने , पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ कर लगाउने



सरकारले आगामी वर्षसम्ममा काठमाडौंका सडकका किनारालाई माटोमुक्त बनाउने भएको छ । आर्थिक वर्ष २०७६र७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। युवराज खतिवडाले यस्तो बताएका हुन् । यसका लागि काठमाडौं प्रवेश गर्ने नाकामा स्वचालित प्रविधिबाट साधन सफा गरी काठमाडौं उपत्यकाका सडकलाई धुलोमुक्त बनाइनेछ ।

रेल र जल यातायातका लागि १ खर्ब ६३ अर्ब ५२ करोड

अर्थमन्त्री डा।युवराज खतिवडाले सरकारले रेल र जल यातयात योजनाका लागि १ खर्ब ६३ करोड ५२ करोड विनियोजन गरेको बताएका छन । आगामी आर्थिक वर्षका लागि बजेट पेश गर्ने क्रममा उनले उक्त कुरा बताएका हुन।

रेल र जल यातायात सरकारको विषेश योजनामा परेका छन ।

यस्तै सरकारले सडक बनाउनका लागि पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ कर लगाउने भएको छ । यसअघि सरकारले बुढीगण्डकी बनाउका लागि प्रतिलिटर ५ रुपैयाँ कर लिँदै आएको थियो ।

अर्थमन्त्री डा। युवराज खतिवडाले सडक विकासका लागि पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ कर लगाइने जानकारी दिए । आजै रातिदेखि पेट्रोलियम पदार्थबाट कर लिन थालिने छ ।

त्यस्तै, काठमाडौंको ट्राफिक जाम हटाउन कोटेश्वर, बानेश्वर र त्रिपुरेश्वरमा अन्डरपास र फ्लाइओभर बनाउने घोषणा गरेको छ ।

बुटवल पाल्प सडकको शिद्धबाबा सकडमा सुरुङमार्ग बनाउने अर्थमन्त्रीले जानकारी दिए । त्यसैगरी, सरकारले बनाउने सबै सडकहरु २ लेनको हुने उनले जानकारी दिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार १२:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।