Logo

अर्थ

किन गाभिए साधना र आर्थिक समृद्धि लघुवित्त ?



गोरखाको साधना लघुवित्त र तनहुँको आर्थिक सम्मृद्धि लघुवित्तले एक आपसमा गाभिने प्रस्ताव पारित गरेका छन् । साधना लघुवित्तले विषेश साधारणसभामार्फत आर्थिक सम्मृद्धि लघुवित्तलाई १००ः८० शेयर स्वाप रेसियोमा प्राप्ति गर्ने विषेश प्रस्ताव पारित गरेको छ ।

आर्थिक समृद्धिलाई गाभेपछि शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पनि साधनाले पारित गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनपश्चात यो लघुवित्त क्षेत्रकै पहिलो एक्विजिसन हो ।

यसलाई सफलतापूर्वक सम्पन्न गरी आगामी दिनमा अन्य लघुवित्तसँग समेत मर्जर तथा प्राप्ती सम्बन्धमा छलफल गर्ने र सबल वित्तीय संस्थाको रुपमा स्थापित हुने लक्ष्य लघुवित्तले लिएको छ । यो एक्विजिसनपछि कार्यक्षेत्र १० जिल्लाबाट बढाएर राष्ट्रिय स्तरको बनाउने लघुवित्तले जनाएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७६, सोमबार ०३:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।