Logo

टिप्पणी

देउवाको ताल देखेर सबै चकित



नेपाली कांग्रेसको आगामी १४ औं महाधिवेशनमा सभापति को बन्ने भन्ने विषय अहिले चर्चामा छ । देउवा भने ढुक्क छन् फेरि सभापति बन्न पाइन्छ भनेर । उता अरु धेरैजना सभापतिको दावेदार भन्दै हिँडेका छन् । कांग्रेसमा अहिले रहेका विभिन्न धारले महाधिवेशनको तयारी गरेका छन् ।

रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, सशांक कोइराला, शेखर कोइराला सभापतिको दावी गरेका हिँडेका छन् । देउवाको खेमामा अर्को प्रतिष्पर्धी कोही पनि नभएकाले उनी बढी ढुक्क छन् । देउवाले कांग्रेस बिगारेको आरोप छ तर अरु को विकल्प भन्ने पनि छैन । राजनीतिका चतुर खेलाडी देउवाले अन्तिम समयमा खेल गर्छन् ।

केही मतदाता किन्न सक्ने क्षमता राख्ने देउवालाई खासै चिन्ता छैन । अर्को समूहमा उम्मेदवारबीच झगडा हुन्छ र एकले अर्कालाई समर्थन गर्दैन भनेर देउवा फेरि पनि सभापति हुने मीठो सपना देखेर बसेका छन् । ४ पटक प्रधानमन्त्री भइसकेका उनी ज्योतिषले ७ पटकसम्म प्रधानमन्त्री बन्ने योग छ भनेर गणना गरेर बसेका छन् । उनी अहिले छाँया सरकारको पनि प्रधानमन्त्री बनेका छन् तर यो भने ७ पटकसँगको हिसाब हुँदैन ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार ०९:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।