Logo

प्रदेश

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बोहोराले दिए राजीनामा



नेकपामा आएको विभाजन पछि नेता तथा कार्यकर्ताको ध्रुविकरण व्यापक बनिरहेको छ । नेता तथा कार्यकर्ताविच समुह परिवर्तन गर्ने , एक समुहले अर्कोलाई अविश्वास प्रस्ताव गर्ने, निलम्वन गर्ने सामान्य गतिबिधि बनेको छ ।

यसैविच  प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपडबहादुर बोहोराले राजीनामा दिएका छन् । नेकपा विभाजन हुँदा केपी शर्मा ओली समूहमा लागेका उनले बुधबार पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेका हुन् । उनी ओली समूहले बनाएको ११९९ सदस्यीय केन्द्रीय कमिटीको सदस्य समेत हुन् ।

ओली समूहमा लागेका भौतिक पूर्वाधार विकासमन्त्री पठान सिंह बोहोरालाई हालै मात्र मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका थिए ।

५३ सदस्यीय प्रदेशसभामा नेकपाका ३९ सांसद थिए । उनीहरुमध्ये ७ जना ओली समूहमा छन् भने अरु दाहाल नेपाल  समूहमा छन् ।

प्रकाशित मिति : २२ पुष २०७७, बुधबार १५:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।