सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन अनेराश्ववीयुका नेताहरु नै प्रतिबन्धित नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको माओवादीका नेताहरुसंग साठगाँठ गर्दै आपराधिक क्रियाकलापमा संलग्न रहेको खुल्न आएको छ । अखिल केन्द्रिय सदस्य दुधराज लामा, अखिलको काभ्रे जिल्ला सदस्य समीप त्रिपाठी, नेकपाकै स्थानीय नेता सिजन भन्ने मान बहादुर तामाङ र स्थानीय गुण्डा नाईकेको रुपमा चिनिने डेनी भन्ने टेन्सन लामाले विप्लव माओबादीका काभ्रे जिल्लाका नेताहरुसंगको मिलेमतोमा गैरकानुनी क्रियाकलाप मच्चाउँदै आईरहेको प्रहरीले जनाएको छ ।
विप्लव माओवादीका काभ्रेको शीशाखानी गाउँपालिका ५ का श्याम कृष्ण भनिने सागर मैनाली र तिलक लामासंग मिलेर उनीहरुले काभ्रेमा आतँक मच्चाईरहेको बुझिएको छ । विप्लव माओवादीको कमाण्डर भन्दै स्थानीयलाई तर्साउँदै हिँड्ने प्रभात भन्ने दुर्गा तामाङसंग समेत उनीहरुको उठबस रहेको श्रोतले जानकारी दिएको छ ।बोधिचित्तको व्यापारमा समेत संलग्न हुँदै सो समुहले प्रतिबन्धित काममा सक्रियता बढाउने गरेको जानकारी प्राप्त भएको छ ।
काभ्रेको रोशी गाउँपालिका ५ नागबेलीमा रहेको बोधिचित्तको व्यापार समेत गर्दै सो समुहले विप्लव माओवादीका लागि हातहतियार किन्ने काममा समेत संलग्न हुने गरेको श्रोतले जानकारी दिएको छ । उक्त समुहले काभ्रेको रोसी गाउँपालिका ५ मा पर्ने ब्लु साईन क्रसर उद्योगमा एकबर्ष अघि आगोलागी गरेको मुद्धामा प्रहरीको खोजिमा रहेका छन् । काभ्रेको सल्ले बुम्लो गाउँपालिकामा रहेको एनसेलको टावर ध्वस्त बनाएको आरोपमा समेत गृहमन्त्रालयमा उजुरी परी उनीहरु प्रहरीको खोजी लिष्टमा रहेका छन् ।




















प्रतिक्रिया