Logo

गण्डकी प्रदेश

वृहत वृक्षारोपण कार्यक्रम समपन्न, झन्डै १०० विरुवाहरु रोपिए



नेपाल सरकारको वृक्षारोपण अभियान अन्तर्गत राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको परिसरमा पनि आज वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।  जैविक सन्तुलन कायम राख्न साथै मानिसको दैनिक जिवनमा हरावरा वातरणले पार्ने सकरात्मक प्रभावलाई मध्येनजर गर्दै कार्यालय परीसर वरवर आज उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।

 

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेले कार्यालय परिसरमा प्राकृतीक महत्व बोकेको समीको विरुवा रोप्दै कार्यक्रमको उद्‌घाटन गरे । साथै प्रहरी वरिष्ठ उपरीक्षक हरिराज वाग्ले लगायत अन्य प्रहरी अधिकृत तथा जवानहरुले समेत वृक्षारोपण कार्यक्रममा भाग लिएका छन् । ऊक्त वृक्षारोपण कार्यक्रममा समी, चाप, धुपि, लप्सी लगायतका झन्डै १०० वटा विरुवाहरु रोपिएको छ ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार ०७:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।