नेपाल कम्यूनिष्ट पार्टी नेकपाका कैलाली जिल्ला सदस्य फूलराम चौधरी ‘स्रोत’को शनिबार राती निधन भएको छ । जानकी गाउपालिका–८ खैरेनीका चौधरी यसअघि पित्तथैलीमा पथरी भई औषधि सेवन गरिरहेकोमा पछिल्लो एक महिना लगातार ज्वरो आएपछि उपचारका लागि काठमाडौं लगिएकोमा उपचारका क्रममा निधन भएको हो ।
२०५८ सालदेखि भूमिगत राजनीतिमा लागेका चौधरी तत्कालिन नेकपा माओवादी केन्द्रको केन्द्रीय महाधिबेशन आयोजक समिति सदस्य समेतरहेका थिए ।
उनी २०७० सालको संविधान सभा निर्वाचनमा कैलाली क्षेत्र नं २ बाट माओवादीका तर्फबाट सविधान सभा सदस्य उम्मेदवार बनेका थिए भने २०७४ मा भएको स्थानीय तह निर्वाचनमा जानकी गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका थिए । कराँतेका ग्राजुयशन चौधरीका सन्तानको रुपमा एउटा छोरी छन् ।





















प्रतिक्रिया