Logo

सूचना/प्रविधि

लोडसेडिङ हुँदैन भनेर प्राधिकरणले झुक्यायो, जुम्लामा सार्वजनिक भयो तालिका



पछिल्लो समय अघोषित रुपमा घरी घरी बत्ती निभ्दा सर्वसाधारणले लोडसेडिङको अनुभूति गरिरहेका छन् । विशेष गरी नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिदै गर्दाताका घिसिङको कार्यकाल दोहोर्‍याउँन माग गरेका व्यक्तिहरुले लोडसेडिङ नै भएको ठोकुवा गर्दै गर्दा प्राधिकरणले भने यसलाई अस्वीकार गरेको थियो ।

पछिललो समय उर्जामन्त्री बनेका टोप बहादुर रायमाझीसँग कुलमान घिसिङको कार्यकाल दोहोरिने सम्बन्धमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा मन्त्री रायमाझीले बरु लोडसेडिङको तालिका आउला तर कुलमान प्रधिकरणमा आउँदैनन् भन्ने प्रतिक्रिया दिएका थिए । मन्त्री रायमाझीले यसो भनेको केही सातामा नै साँच्चिकै लोडसेडिङको तालिका सार्वजनिक भएको छ । 

प्रधिकरणले अब कहिले पनि लोडसेडिङ नहुने बताउँन छोडेको छैन । तर जुम्लामा लोडसेडिङको तालिका सार्वजनिक भएको छ । नेपाल विद्युत प्राधिकरण जुम्ला वित्तरण केन्द्रले एक सूचना प्रकाशित गरेर लोडसेडिङको तालिका सार्वजनिक गरेको हो ।

जुम्लामा हरेक दिन विहान २ देखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र अपरान्ह ४ बजेदेखि ६ बजेसम्म पावर हाउस बन्द हुनेछ । लोडसेडिङको समुह क मा टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ, हस्पिटल रहेको छ । समुह ख अन्तर्गत बिजयनगर ठूलो, विजयनगर सानो, बोहरा गाउँ,  बसपार्क रहेको छ । हरेक साता समुह परिवर्तन हुने जुम्ला वित्तरण केन्द्रले जनाएको छ । 

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार १२:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।