सञ्चार माध्यमको उन्नति प्रगति र संवेदनशिलताका निम्ति जिल्ला प्रशासन निरन्तर लागिपर्ने प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीले बताउनुभएको छ । बेष्ट मिडिया प्रा.लि द्धारा सञ्चालित हुलाकी पत्र दैनिकको तेसो्र बार्षिकोत्सव कार्यक्रमलाई सम्वोधन गर्नुुहुदै प्रमुख जिल्ला अधिकारी कार्कीले यस्तो बताउनुभएको हो । देशको चौथो अङग् सञ्चार माध्यम भएकाले यसको संवेदनशिलता र लगनशिलताले समाज र देश परिर्वतन गर्न सक्ने क्षमता आम सञ्चार माध्यम संग रहेको हुदा यसको गुणात्मक र सकरात्मक सार्थकताका निम्ति प्रशासन निरन्तर तत्पर रहने बताउनुभएको थियो । पछिल्ला केहि दिनहरुमा सञ्चार माध्यममा आलोचनात्मक कुराहरु प्रकाशित हुने हुदा त्यसलाई समायोजन गरी समानलोचनात्मक हुनुपर्ने बताउदै देशको कान्छो जिल्ला नवलपुर सञ्चार क्षेत्रबाट अगााडि रहेको समेत बताउनुभएको थियो । राज्यका अङग् निष्पक्ष र सवल भयो भने देश समाज परिर्वतन गर्न सकिने बताउनु भयो ।
जिल्लाको एकमात्र दैनिक पत्रिका हुलाकी पत्र दैनिकले जिल्लामा रहेको सत्य ,तथ्य र निष्पक्ष समाचार दैनिक रुपमा प्रकाशन गर्दै आएको प्रशंसा गर्दै आगामि दिनहरुमा पत्रिका गुणस्तर रुपमा अझै अगाडि बढ्न शुभकामना ब्यक्त गर्नुभएको थियो । सञ्चार माध्यम प्रतिस्प्रर्धात्मक भन्दा गुणात्मक रुपमा अगाडि बढ्न सके समाजलाई गतिशिल ,उन्नति प्रगाति तर्फ उन्मुख गराउन सञ्चार क्षेत्रको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
हुलाकी पत्रिकामा नियमित रुपमा समाचार पठाई सहयोग गर्ने नवलपुरका २३ जना सञ्चारकर्मीलाई सम्मानित गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्ड्की प्रदेशका उपाध्यक्ष नारायण शर्मा ,नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमरमज रानाभाट,नेपाल प्रेस युनियन नवलपुरका अध्यक्ष बिरेन्द« पराजुली, का्रन्तिकारी पत्रकार महासंघका केन्दि«य महासचिव रामकुमार श्रेष्ठ्र लगाायत बिभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुको उपस्थित रहेको थियो भने कार्यक्रम बेष्ट मिडिया प्रा .लिका प्रबन्ध निर्देशक नविन पौडेलको अध्यक्षतामा उक्त कार्यक्रम आयोजना गरिएको थियो




















प्रतिक्रिया