सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा शुक्रबार राती बम विस्फोट भएको छ। अज्ञात समूहले गएराति कार्यालयको माथिल्लो कोठामा विष्फोट गराएको हो ।
विस्फोटबाट कार्यालयको झ्याल, ढोकामा क्षति पुगेको प्रहरीले जनाएको छ। घटनामा संग्लनता भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिइएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदी बताए । यसअघि सिरहामा केहीदिन अगाडि धनगढीमाइ नगरपालिकामा पनि बम फेला परेको थियो।





















प्रतिक्रिया