Logo

प्रमुख समाचार

खाद्य संस्थानमै कुहिएको चामल



खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा कुहिएको चामल फेला परेको छ । संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले आइतबार अनुगमन गर्दा चार सय ८७ क्वीन्टल कुहिएको चामल फेला परेको थियो ।

अधिकारकर्मीसहित थापाथलीस्थित गोदाममा अनुगमन गर्दा बास्मती चामल कुहिएको अवस्थामा फेला परेको हो । गोदाममा चार वर्ष पुरानो र उपभोग्य मिति नभएको चामलसमेत भेटिएको रहेको थियो ।

जापान सरकारले अनुदानमा दिएको टाइचिन चामलमा उत्पादन मिति लेखिए पनि उपभोग्य मिति नभएको पाइएको छ । सिमीको दालमा लेबल भेटिएन भने बास्मती चामलमा हातले लेखिएको लेबल भेटिएको छ ।

अनुगमनमा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिका सभापति विमल श्रीवास्तवसहित चार जना सांसद, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य विभाग र उपभोक्ता अधिकारकर्मीहरू सहभागी थियो ।

प्रकाशित मिति : १३ पुष २०७६, आईतवार ०८:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।