Logo

बागमती प्रदेश

बाह्रबिसे बजारमा निषेधाज्ञा जारी



जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आइतबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्मका लागि बाह्रबिसे बजारमा निषेधाज्ञा जारी गरेको छ ।

बाह्रबिसे नगरपालिकाले सडक मिचेर दायाँबायाँ बनाइएको घर–टहरा भत्काउँदा झडप भएपछि अप्रिय घटना हुन नदिन निषेधाज्ञा जारी गरिएको जनाइएको छ ।

बाह्रबिसे बजारको पूर्वतर्फ ३०० मिटर, पश्चिमतर्फ भोटेकोशी पुल, उत्तरतर्फ इलाका प्रहरी कार्यालय र दक्षिणतर्फ क्षमादेवी जाने बाटासहितको चार किल्लाभित्र पाँच जनासम्म भेला भएर हिँडडुल गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन् ।

सो नगरपालिकाले सडक साँघुरो हुने गरी वर्षौँदेखि सडक मिचेर दायाँबायाँ बनाइएका घर–टहरा भत्काउन पटकपटक सूचना जारी गरेको थियो । सूचना अटेर गरिएपछि नगरपालिकाले शुक्रबार डोजर प्रयोग गरी घर टहरा भत्काएपछि सामान्य झडपसमेत भएको थियो ।

रासस

प्रकाशित मिति : ५ माघ २०७६, आईतवार ११:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।