चितवनमा संचालित अधिकांश पोल्ट्री फर्महरु अन्तर्राष्ट्रिय मापदण्ड विपरीत रहेको एनिमल नेपालले जनाएको छ । एनिमल नेपालको संयोजनमा नागरिक तथा न्यायीक उपभोक्त मञ्चको संयुक्त अनुगमनको क्रममा उक्त तथ्य फेलापरेको हो ।
एनिमल नेपाल पशुपंक्षीको हकहित र कल्याणको बारेमा सचेतना अभिवृद्धि तथा अध्ययन अनुसन्धान गर्ने नेपालको अग्रणी संस्था हो । विशेष गरेर अण्डा उत्पादन गर्ने कुखुराहरुलाई पिंजडा मुक्त गराउने र पशु कल्याणको विश्वव्यापी मान्यता अनुसार पोल्ट्री फर्महरु सञ्चालन गर्न उत्प्रेरित गराउने संस्थाको प्रमुख उदेश्य हो ।
चितवनका केही व्यवसायीक पोल्ट्री फर्महरु पशुकल्याणको अवधारणा अनुसार चलेपनी अन्य फर्महरूको अवस्था भने दयनीय रहेको संस्थाकी फिल्ड अफिसर मधु कट्टेलले जानकारी दिइन ।
सानो र अव्यवस्थित खोरमा धेरै कुखुरा राख्दा उनिहरुलाई हिंडडुल र स्वस्थ हावा प्राप्त गर्न निकै कठिन हुने देखिएको उनको भनाइ छ । फर्मभित्र पशुले सामन्य हिंडडुल र स्वस्थ हावा पाउनुपर्ने विश्वव्यापी मान्यता छ ।
पशुपंक्षीलाई कुनै रोग लागेमा उपचारको ग्यारेन्टी गर्नुका साथै उचित समयमा दानापानी का साथै उचित बासस्थानको प्रवन्ध पशु धनिले गर्नुपर्ने विश्वव्यापी मान्यता रहेपनी चितवनका फर्मको अवस्था भने निकै दयनीय रहेको एनिमल नेपालले जनाएको छ ।
अस्वस्थकर तरिकाबाट उत्पादन गरिएको मासु तथा मासुजन्य बस्तुको सेवन स्वास्थको दृष्टिकोणले समेत राम्रो मानिदैंन ।
















प्रतिक्रिया