Logo

प्रदेश

विश्वकै जेष्ठ नागरिक लामिछानेलाई सांसद मैनालीको सहयोग



विश्वकै जेष्ठ नागरिक भनेर चिनिएकीनुवाकोटकी ११७बर्षिया बाटुली लामिछानेलाई नुवाकोटबाट निर्वाचित प्रदेश सासंद बद्री मैनालीले आइतबार २५ हजार रुपैंया सहयोग गरेका छन् । लामिछानेजतिको उमेरको अहिलेसम्मअरुले पनिउनीविश्वकै जेष्ठ नागरिक भनिँदै आइएको छ ।

सासंद मैनालीले नियमित सहयोग अन्तर्गत लामिछानेलाई उक्त रकम हस्तान्तरण गरेको जनाएका छन् । पहिलेदेखि नै उनले मासिक ५ हजारका दरले लामिछानेलाई सहयोग गर्दै आएका छन् । अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसको अवसरमाउनले पाँचमहिना बराबरको सहयोग रकम एकमुष्ठ प्रदान गरेकाहुन् ।

सांसद मैनालीले थानसिंग आँपचौरकी लामिछानेलाईआफू यो पदमा रहँदासम्ममासिक ५ हजार दिने घोषणा गरेकाथिए । गतश्रावणबाट उनले लामिछानेलाइ सहयोग प्रदानगर्दै आएका छन् । त्यस्तै सांसद मैनालीले नुवाकोटका मृगौलापीडित अनेरास्ववियुकापूर्व अध्यक्ष केदार पुडासैनीको उपचारको लागिपनि २५ हजार रुपैया सहयोग गरेकाथिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार १३:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।