Logo

प्रदेश

अन्तिम सुनुवाई नभएसम्म पर्खन नमोबुद्ध नगरपालिकाको आग्रह



काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा लामो समयदेखि विवादमा रहेकोईटा उद्योगको विषयले फेरि पनि समस्यानिम्त्याएको छ । समस्या समाधानका लागि नगरपालिकाले सम्पूर्ण सरोकार वालालाई आग्रह गरेको छ ।

नगरपालिकालाई वातावरणमैत्री बनाउने अभियान भन्दै नगरपालिकाले ईटा उद्योगलाई विस्थापन गर्ने प्रक्रिया अघि बढाएको थियो । यही अभियान अन्तर्गत वडा नं २ र ३ का इँटा उद्योगीहरुले २०७५ साल पौष २७ गते नगरपालिकासँग गरेको प्रतिबद्धता अनुसार २०७६ भदौ ८ र ९ गते ईटा उद्योगलाई बिस्थापित गरिएको हो ।

ईटा उद्योगीहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नगरपालिकाले पनि इँटा उद्योग विस्थापनको सर्वपक्षीय निर्णय बमोजिम काभ्रे जिल्ला अदालतमा रिट दायर गरेको छ । नगरवासीहरुले स्वच्छ वातावरणमा बाँच्न पाउँ भनी उच्च अदालतमा रिट दायर गरेका छन् । रिटको अन्तिम सुनुवाई भइनसकेकाले गैरकानुनी ढंगले इँटा उद्योग सञ्चालन गरिरहेका छन् । नगरपालिकाले अन्तिम सुनुवाई नभएसम्म कुनै पनि कामकारबाही अघि नबढाउन सरोकारवालाहरु समक्ष अपिल गरेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार १३:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।