Logo

आजको तस्बिर

‘लकडाउन’ पछिकाे काठमाडौँ (फोटो फिचर)



देशभर ‘लकडाउन’को सरकारी घोषणापछि काठमाडौँ उपत्यका सुनसान देखिएको छ । बजार बन्द छ भने सडकमा अत्यावश्यक बाहेकका सवारी साधनहरु देखिएका छैनन् ।

अनुमति प्राप्त र सुरक्षा निकायका बाहेक अन्य सवारी साधन सञ्चालनमा पनि रोक लगाइएको छ । सरकारले मंगलबार बिहान ६ बजेदेखि लागु हुने गरी सर्वसाधारणलाई बाहिर निस्कन प्रतिबन्ध लगाएको छ।

योसँगै नेपालका ७७ वटै जिल्ला मंगलबारदेखि एक हप्ताका लागि पूर्णतया लकडाउन भएको छ। काठमाडौँमा कोरोना भाइरसको संक्रमण भएका बिरामी भेटिएपछि सरकारले मानिसहरुको आवतजावतमै प्रतिबन्ध लगाउने निर्णय गरेको हो। निर्णयको पालना भए–नभएको अनुगमन गर्न समितिले सिडिओलाई निर्देशन दिएको छ।

‘लकडाउन’पछि काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रका केही तस्बिरहरु:

 

फोटो : तुलसी नेपाल

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलवार ११:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।