Logo

प्रदेश

विरगञ्जमा लुकेर बसेका १९ भारतीय मुस्लिम जमातीसहित २६ जना पक्राउ



वीरगन्जको जामे मस्जिदमा लुकेर बसेका भारती मुस्लिम जमातीसहित २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएका मध्ये दिल्लीको मुस्लिम तबलगती भेलामा सहभागी भएका १९ तीन जना वीरगन्जका मुस्लिम धर्म गुरु र भारतबाट पाहुना आइ बसेका अन्य चारसहित २६ जना रहेका छन् ।

नियन्त्रणमा लिएका उनीहरुलाइई श्रीपुरस्थित सिद्धार्थ माविमा रहेको क्वारेन्टाइनमा राखिएको छ । प्रहरीले उनीहरुलाई छपकैयाको मस्जिद, घुसुकपुरको मस्जिदबाट नियन्त्रणमा लिएको जनाएको छ ।

यसअघि गत शुक्रबार साँझ छपकैयाकै मस्जिदबाट नियन्त्रणमा लिएर नारायणी अस्पतालको आइसोलेसनमा राखिएका ३ जनामा कोरोना पुष्टि, भइसकेको छ ।

पक्राउ परेकाहरुले आफूहरु दिल्लीको तबलगी जमातमा सहभागी भइ तीन महिना पहिलेदेखि नै धर्म प्रचारका लागि नेपाल आएको प्रहरीलाई बयान दिएका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आईतवार १०:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।