Logo

मनोरञ्जन

शेर्पा समुदायको संस्कृतिमा पहिलो शेर्पा भाषाको गायक लाक्पा तेन्जीले ल्याउने भए “मज्जाले नाचौंला”



शेर्पाको इतिहास अनुसार सन् १८०० तिर तिब्बतको पूर्वी क्षेत्र खाम सलमोगङ बाट ठाउँ छाडी खुम्बु क्षेत्रमा पुगेको र त्यसको २३ सालपछि सोलुमा झरेको भन्ने उल्लेख गरेको छ । त्यसपछि सोलु र खुम्बुबाट बिस्तारै नेपालको विभिन्न भू-भागमा वसोवास गर्दै आएको तथ्यहरू प्रमाणित रहेका पाइन्छ। विशेष गरी हिमाली क्षेत्रलाई आफ्नो बसोबास थलोको रूपमा मनपराई हिमाली भू-भागमा बसोबास गरेका शेर्पा जातिहरू चिन र तिब्बतसँग जोडिएको भू-भागमा बसोबास गरेको हुदाँ शेर्पा जातिलाई अन्य जातिका मानिसहरूले तिब्बती वा भोटबासी (भोटे) भन्ने प्रचलन पनि रहेको छ ।

यी र यस्तै संस्कृतिलाई जन समक्ष परिचित गराउने उदेस्यका साथ् नेपालि गीत संगीतको क्षेत्रमा नेपालको लागि शेर्पा भाषाको पहिलो गायक तथा टुंङना बादक लाक्पा तेन्जी शेर्पाले एक गीतलाई बजारमा ल्याउने तयारी गरिरहेका छन् । उक्त गीत शेर्पा टोनमा भएता पनि पर्वतीय भाषामा नेपाली संस्कृति झल्किने गरी तयार गरिएको निर्माण युनिटबाट जानकारी प्राप्त भएको छ । प्रस्तुत गीत “मज्जाले नाचौंला” बोलको रहेने पनि जानकारी प्राप्त छ । गीतमा लाक्पा तेन्जी शेर्पा र रामकुमार कार्कीको सुमधुर स्वर सुन्न सकिन्छ भने शब्द संगीत लाक्पा तेन्जी शेर्पा र संगीत संयोजन राकेश सोनीले गरेका छन् ।

अहिले उक्त गीतको म्युजिक भिडियो छायांकन सम्पन्न भैसकेको छ । सम्पादनको क्रममा रहेको “मज्जाले नाचौंला” बोलको गीतको सार्बजनिक मिति नतोकिएता पनि भाद्र महिनाको दोश्रो साता सम्म आम संगीत पारखीहरु माझ ल्याईने प्रतिबद्धता निर्माण पक्षले दिएको छ ।सार्बजनिक हुने म्युजिक भिडियोमा सन्जिब ठकुरी, मिङमा शेर्पाको अभिनय देख्न सकिन्छ । निकै मेहनतका साथ खर्चालु ढंगबाट तयार पारिएको म्युजिक भिडियोलाई निर्देशन अहिलेका चर्चित निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन मिलन बि.क ले गरिरहेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार १७:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।