काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले रचना गरेको राष्ट्रभावनाले ओतप्रोत भएको गीतको भिडियो शुक्रवार सार्वजनिक भएको छ । नेपालका प्राकृतिक सुन्दरता र जातिय सांस्कृतिक विविधता समेटिएको ‘यो बुद्ध भूमि’को भिडियो शुक्रबार सार्वजनिक भएको हो । गीतमा राष्ट्रिय भावना र देश प्रेमका शब्द छन् ।
नेपाली राजनीतिमा राष्ट्रवादी नेताको छवि बनाएका नेता गीत साधनामा पनि उत्तीकै रुची राख्छन् भन्ने यो गीतले प्रमाणीत गर्छ । सामाजिक सञ्जालबाट सार्वजनिक गरिएको भिडियोमा थुप्रै राम्रा प्रतिकृया आइसकेका छन् ।
राजनीतिमा आकर्षणको रुपमा रहेका वामदेव गौतमको अहिलेसम्म दर्जनौ गीतहरु सार्वजनिक भएका छन् । गीतमा नेपालको प्राकृतिक सुन्दरता, शान्तिका अग्रदुत भगवान गौतम बुद्ध र नेपाली कला संस्कृतिको वारेमा वर्णन गरिएको छ । गौतमले रचना गरेको गीतलाई मनोहर सुनामको एरेञ्जमा शम्भुजित बाँस्कोटाले संगीत दिएका छन् ।
गीतका प्रस्तुतकर्ता हरिशदेव गौतम हुन् । गीतमा रोशनराज गुरुब, माण्डवी त्रीपाठी र अन्जना गुरुब लगायतको स्वर छ । दीर्घ गुरुबले छायाङ्कन गरेको गीतलाई जीवन थापाले सम्पादन गरेका हुन् । गीतकार गौतमले आफ्ना ४३ गीतलाई एकत्रित गरी गीति संग्रह पनि प्रकाशनमा ल्याएका छन् । जसमा सार्वजनिक भएका गीतहरु र बाँकी सबै गीत समावेश छन् । विशेषतः गीतहरु राष्ट्रिय भावहरुले भरिएका शब्दमा रचित छन् ।





















प्रतिक्रिया