काठमाडौंको गौंगबुमा रहेको ग्रिनसिटी अस्पतालले मान्छे ठग्ने र मार्ने गरेको बिवादमा एकपछि अर्को रहस्य बाहिर आउँन थालेपछि व्यापक रुपमा जन आक्रोश बढेको देखिएको छ । त्यस अस्पतालमा सेवा लिन जाँदा हरेक व्यक्तिहरु ठगिएर फर्किनु परेको एवम् धेरै जसोको उपचार हुन नसकी ज्यानै जाने गरेकोले सेवाग्राहीहरुमा व्यापक पश्चाताप हुने गरेको छ । त्यसँगै सेवाग्राहीहरु आक्रोशित बनेका छन् ।
लाखौं नागरिकहरुको अरबौं रकम ठगीमा संलग्न युनिटी लाईफ नामक नेटवर्क कम्पनीमा समेत आवद्ध भएर ठगी धन्दाको बादशाह कहलिएका लोक बहादुर टण्डन अध्यक्ष रहेको उक्त अस्पतालको हर्कतका बिरुद्ध अब नागरिकहरुले भण्डाफोर र घेराउको कार्यक्रम गर्न लागेका छन् । अस्पताल जस्तो पवित्र संस्थालाई टण्डनले लुट र मानव मृत्युको कारखानाको रुपमा विकास गरेपछि नागरिकहरुमा आक्रोश बढेको हो ।
विशेष गरी पछिल्लो एक प्रतिनिधि घटनाको रुपमा रहेको मकवानपुरका पत्रकार तथा कलाकार देव लामाको समेत ज्यान लिन खोजेपछि यस अस्पतालको हर्कतका विरुद्ध नागरिक मोर्चाबन्दी सुरु भएको छ ।
पत्रकार तथा कलाकार देव लामा बचाउ संघर्ष समिति नै गठन भएपछि यस समितिले आम नागरिकहरुलाई अस्पताल बिरुद्धको संघर्षमा साथ दिन आग्रह समेत गरेको छ । कोरोना कहरको कारण धेरै जना एकैठाउँमा जम्मा हुन नहुने भएपछि समितिले भदौ १७ गते अस्पताल घेराउको कार्यक्रम राखेको छ । उक्त कार्यक्रम अस्पताल बहिस्कार र भण्डाफोरमा केन्द्रित रहने समितिका सदस्यहरुले बताएका छन् ।
डाक्टरको लाईसेन्स खारेज हुन सक्ने
पत्रकार तथा कलाकार देव लामाको असफल अप्रेसन गरी अचेत समेत बनाएपछि उनको अप्रेसन गर्ने डाक्टर र अस्पताललाई कारवाहीको माग गर्दै नेपाल मेडिकल काउन्सिलमा उजुरी परेको छ ।
काउन्सिलका सदस्य किशोर विक्रम मल्लले उजुरी परेको पुष्टि गरे । घटनाको सत्य तथ्य छानबिन हुने बताउँदै सदस्य मल्लले गलत अप्रेसन गरेको रहेछ भने काउन्सिलले अप्रेसनमा संलग्न डाक्टरहरुको लाईसेन्स नै खारेज गर्न सक्ने बताए ।
थप यो भिडियोमा :
याे पनि पढ्नुहाेस्
ग्रिनसिटी अस्पताल प्रकरण-बीचबाटो बाटै अपहरण हुन्छन् विरामी





















प्रतिक्रिया