बिरामी आसार्ने एम्बुलेन्स चालकहरुलाई बिचौलयाको रुपमा प्रयोग गरी अलि हुनेखाने परिवारका बिरामीहरुलाई झुक्याएर अस्पताल ल्याउँन लगाई चर्को रकम असुलेर उपचारमा समेत लापरवाही गरी मृत्युको कारखानाको परिचय बनाएका ग्रिनसिटी अस्पतालका अध्यक्ष बिछिप्त बन्न थालेको समाचार प्राप्त भएको छ । उनको अस्पतालले एकपछि अर्को गर्दै बिरामीको उपचारमा लापरवाही गरी झन् कमजोर बनाउँने एवम् त्यस्ता बिरामीका परिवारलाई नै टाट पल्टाउँने गरेको समाचारहरु बाहिरिन थालेपछि अध्यक्ष टण्डन यस्तो अवस्थामा पुगेको बताईएको हो ।
उनी बिछिप्त बनेको यस कारण थाहा हुन्छ कि उनी समाचारको बारेमा जवाफ माग्दा जवाफ दिदैनन्, बरु धम्की दिन्छन् (अनलाइनपानासँग पनि यस्तो धम्की सुरक्षित छ ।) उनी सिधै जे मन लाग्छ त्यही गर, मलाई जवाफ दिनु छैन भनेर आफ्नो जिम्मेवारीबाट पन्छिन्छन् ।
पछिल्लो समय देव लामाको उपचार लापरवाही बारेमा अनलाइनपानाले समाचार प्रकाशित गरेपछि उनले त्यसको बारेमा यथार्थ जानकारी दिनुको सट्टा धम्की दिएका थिए भने यसै घटनालाई लिएर गठन भएको पत्रकार तथा कलाकार देव लामा बचाउ संघर्ष समितिका संयोजक प्रल्हाद खकुरेल र लामाकी श्रीमती मिरा जोशी (लामा) लगायतलाई ज्यानै मार्नेसम्मको धम्की दिएको कुरा पनि बाहिरिएको थियो । उनले विभिन्न शक्ति केन्द्र मार्फत उक्त समिति भंग गराउँन बल गरेका थिए तर त्यसमा उनी असफल बन्न पुगे ।
हाल पनि अनलाइनपानामा प्रकाशित समाचार रोक्न उनले विभिन्न अस्त्रहरु अपनाएर भौतारि रहेको जानकारी प्राप्त भएको छ । उनले राजनीतिक र प्रशासनिक व्यक्ति र शक्तिलाई प्रयोग गरि रहेको खुलेको हो ।
चलचित्र कलाकार संघमा पनि उजुरी
पत्रकार तथा कलाकार देव लामा प्रकरणमा लामाकी श्रीमती मिरा जोशी (लामा)ले नेपाल चलचित्र कलाकार संघमा समेत उजुरी दिएकी छिन् । देव लामालाई वीर अस्पताल लैजाऔं भन्दा एम्बुलेन्स चालकले झुक्याएर ग्रिनसिटी पुर्याएको र अस्पतालले पनि जसरी पनि निको हुन्छ भनेपछि आफूले अप्रेसनको अनुमति दिएकोमा अस्पतालले लापरवाही गरेर देव लामालाई मृत्युको मुखमा पुर्याएकोले अस्पताललाई कारवाही र आफूलाई क्षतिपुर्ति दिलाउँन पहल गर्नु पर्ने मागको आशय उक्त उजुरीपत्रमा उल्लेख छ ।
स्मरण रहोस् संघर्ष समितिको सहयोगमा श्रीमती मिराले यस अघि पनि चिकित्सक संघ लगायत सरोकारवाला संघ संस्था र अस्पतालहरुको नियमनकारी निकाय नेपाल मेडिकल काउन्सिलमा समेत उजुरी दिएकी छिन् ।
हेर्नुहोस् उजुरी पत्र :






















प्रतिक्रिया