…गर्नेलाई भन्दा देख्नेलाई लाज भने झैं बिरामीलाई जबरजस्ती अस्पताल ल्याउँन आफैंले बिचौलिया परिचालन गर्ने अनि भए भरको सम्पत्ति सिध्याएर आफन्त सडकमा ल्याउँने, बिरामीलाई मर्नु न बाँच्नुको अवस्थामा जिउँदो लाश सरह बनाउँने अनि यस बारेमा बोलिस् भने मार्छु भन्ने । यो भन्दा दुखद र उदेक लाग्दो कुरा अरु के हुन सक्छ ? यस्तै घटना काठमाडौंको ग्रिनसिटी अस्पतालमा भएपछि यतिबेला यो घटनाले उग्ररुप लिएको छ । यस अस्पतालका अध्यक्ष रहेका बिवादित व्यक्ति लोक बहादुर टण्डनले पीडित परिवारलाई बारम्बार धम्की दिदै आतंकित बनाएपछि यो घटनाले झन् उग्र रुप लिएको हो ।
अति गर्नु अत्याचार नगर्नु भन्ने आहान हामीले सुनेकै हो । यही आहान जस्तै टण्डनले अति मात्र होईन अत्याचार नै गरेको आरोप पीडित परिवारले लगाउँदै आएकोमा अब भने घटना मुद्धा मामिलामै पुगेको छ । उक्त अस्पतालले पत्रकार तथा कलाकार देव लामाको गलत उपचार गरी अर्धमृत बनाएपछि बढेको बिवाद यस्तो मोडमा पुगेको हो ।
अस्पतालका अध्यक्ष टण्डनले कहिले आफैंले त कहिले अरु मान्छे परिचालन गरेर आफ्नो ज्यान धरापमा परेको भन्दै पीडित लामाकी पत्नी मिरा जोशी (लामा)ले टण्डनलाई कारवाही र आफ्नो जिउ ज्यानको रक्षाको लागी उजुरी दिएकी छिन् । उनले जिल्ला प्रशासन कार्यालयमा उक्त उजुरी दिएकी हुन् । जिल्ला प्रशासन कार्यालयले तत्कालै उचित कारवाहीको लागी महानगरीय प्रहरी परिसर, टेकुलाई पत्र लेखेको छ ।
यस घटनासँग सम्बन्धित कागजात यस्ता छन् :



याे पनि
ग्रिनसिटी अस्पतालको बिरामी मारेर कमाउँने खेल, प्रमाणको रुपमा एम्बुलेन्स चालकको बयान (भिडियो सहित)
युनिटी लाईफको सामान कब्जा गरेर ग्रिनसिटी अस्पताल
ग्रिनसिटी अस्पताललाई कडा कारवाही गराई छाड्ने समितिका संयोजक खकुरेलको अठोट (भिडियो सहित)
ग्रिनसिटी अस्पतालको चरम ठगीको अर्को पर्दाफास, मानव मृत्युको कारखानामा किन जाने ? (भिडियो)
ग्रिनसिटी अस्पताल प्रकरण-बीचबाटो बाटै अपहरण हुन्छन् विरामी
ग्रिनसिटी ठगि प्रकरण- बिरामीलाई बिल नदिई मोटो रकम अशुलेको खुलासा





















प्रतिक्रिया