Logo

अनलाइनपाना खोज

ग्रिनसिटी अस्पतालको अर्को बदमासी बाहिरियो, बिरामी लुट्न यातायात व्यवसायी महासंघको साथ



जनहत्या र लुटको अखडाको रुपमा आलोचित हुने गरेको काठमाडौंको ग्रिनसिटी अस्पतालको बदमासीको अर्को कर्तुत बाहिरिएको छ । एक पटक सेवा लिन गएपछि हैरान भएर अझ आर्थिक रुपमा नाङ्गेझार भएर फर्किन बाध्य सर्वसाधारणले कसैलाई पनि उक्त अस्पतालमा नजान आग्रह गरिरहेको बेला अर्को कर्तुतको समाचार बाहिरिएको हो ।

काठमाडौं वरिपरिका जिल्लाहरुमा एम्बुलेन्स चालकहरुलाई बिचौलियाको रुपमा परिचालित गरेर सर्वसाधारण ठगि रहेको यस अस्पतालले अरु यातायातसँग सम्बन्धितहरुलाई पनि बिचौलियाकै रुपमा परिचालन गरेको खुलेको छ । विशेष गरी यातायात व्यवसायीहरुको छाता संस्था दावी गर्दै आएको यातायात व्यवसायी महासंघ समेत ग्रिनसिटी अस्पतालको लुटमा सहयात्री रहेको पीडितहरुले बताएका छन् ।

पहिलेदेखि नै ठगीको नाईकेको परिचय स्थापित गरिसकेका अस्पतालका अध्यक्ष लोक बहादुर टण्डन र यातायात व्यवसायी महासंघका पदाधिकारीहरुबीच दुर्घटनामा परेका घाईतेहरुको उपचार ग्रिनसिटीमा मात्र गर्ने गोप्य सम्झौता रहेको श्रोतले बताएको छ । श्रोतका अनुसार देशका जुनसुकै ठाउँमा दुर्घटना भएपनि उक्त अस्पतालमै बिरामी ल्याउँने गोप्य सहमति दुई पक्षमा भएको छ । यातायात व्यवसायीहरुले पनि उक्त सहमति अनुसार आफ्ना चालकहरुलाई सोही निर्देशन दिएका छन् । महासंघमा आवद्ध एक चालकले पनि नाम नलेख्ने शर्तमा यो कुराको पुस्टि गरे ।

चाहना अनुसार छोरी वा छोरी बनाईदिने भन्दै अर्को ठगी

कुनै पनि दम्पत्तीले गर्भाधान गरि सकेपछि छोरा वा छोरी जे जन्मिएपछि भेदभाव गर्न नपाउँने कानुनी प्रावधान छ । छोरा वा छोरी के जन्मिने भन्नेमा युवा युवतीको जिनको आधारमा भर पर्छ । तर ग्रिनसिटी अस्पताल यस्तो अस्पताल हो त्यहाँ दम्पत्रीको चाहना अनुसार छोरा वा छोरी बनाईदिने ग्यारेन्टीको नाममा ठगी गरिन्छ । अस्पतालले छोरा वा छोरी जे चाहिए पनि हामी बनाई भनेर अवैध धन्दा चलाएको रहस्य यतिबेला चर्चामा छ ।

बच्चा जन्माउँन चाहाने दम्पत्रीलाई छोरा वा छोरी कुन बच्चा आवश्यक छ, सोहीअनुसार मेडिकल प्रविधिबाट जन्माइदिने भन्दै लाखौँ रुपैयाँ शुल्क असुली गरेका गोप्य प्रमाणहरु समेत फेला परेका छन् । यस अस्पतालले दम्पत्रीसँग गोप्य छलफछ गर्ने अनि अस्पतालको नाम नभएको सादा बिलमा रकम खुलाएर लेखीदिदै लाखौं रकम असुल्ने गरेको गुनासो पीडितहरुको छ ।

सो अस्पतालले ग्यारेन्टीका साथ छोराको अवश्यकता भए छोरा नै र छोरीको अवश्यक भए छोरीकै जन्म गराउने दाबी गर्दै रकम असुल्ने गरेको छ । बैज्ञानिक र बैधानिक व्यवस्थालाई समेत चुनौती दिदै आएको अस्पतालले टीयूएफको डिपोजिट भन्दै साधारण बिलप्याडमा १ लाख ७५ हजार रुपैयाँको बिल दिएको पाइएको हो।

पीडितहरुको आक्रोश

यस अस्पतालमा उपचार गर्न जाने हरेक पीडितहरुले व्यापक गुनासो गर्दा पनि सम्बन्धित निकायले नसुनेकोमा भने सर्वसाधारण आक्रोशित हुन थालेका छन् । उपचारदेखि हरेक कुरामा झुट र लुटको खेती गरिहँदा पनि अस्पताललाई कारवाही नहुनु रहस्यको विषय रहेको पीडितहरुको गुनासो छ । यसै अस्पतालबाट गलत उपचार गरी पीडित बनेका कलाकार तथा पत्रकार देव लामाको परिवार र संघर्ष समितिले समेत आफुहरुले यही भदौ १७ गतेका दिन अस्पताल घेर्ने भएकोले सहभागी हुन आम सर्वसाधारणलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार १९:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।