Logo

कोशी प्रदेश

भोजपुर जिल्ला दुर्गम हुनमा कम्युनिस्टहरु जिम्वेवार : चापागाई



भोजपुर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत शुक्रबार वडा अधिवेशनहरू भएका छन् । यसैक्रममा भोजपुर जिल्लाको षडानन्द नगरपालिका–८ मा सर्वसम्मत कार्यसमिति र प्रतिनिधिहरू चयन भएका छन् ।

वडा सभापतिमा राम शाही चयन भएको कांग्रेसका युवा नेता एवम् तरुण दल केन्द्रीय उपाध्यक्ष उत्तम चापागाईले जानकारी दिए । वडा अधिवेशनले तरुण दल केन्द्रीय उपाध्यक्ष उत्तम चापागाईसहितका नेताहरूलाई क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन गरेको छ ।

कार्यक्रमा बोल्दै तरुण नेता चापागाइले भने अब भोजपुरमा नेपाली कांग्रेसले सबै तहमा जित्ने र मुलुकमा अस्थिरता हुनबाट जोगाउने काम पनि नेपाली कांग्रेसको रहेको बताए । भोजपुर जिल्ला दुर्गम हुनमा कम्युनिस्टहरु जिम्वेवार रहेको जिकिर गर्दै अब नेपाली कांग्रेसले भोजपुर जिल्लालाई दुर्गम हुनबाट जोगाउने प्रतिबद्धता ब्यक्त गरे ।

प्रकाशित मिति : भाद्र १९, २०७८ शनिबार  ४ : ४३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।