Logo

मनोरञ्जन

कक्षा १२ को परीक्षा तयारीमा करिश्मा मानन्धर



नेपाली फिल्म क्षेत्रकी एकदमै चर्चित सबैको मनमुटुमा बस्न सफल भएकी अभिनेत्री करिश्मा मानन्धरको सक्रियता साह्रै लोभलाग्दो रहेको छ । अभिनयको क्षेत्रमा मात्र नभई उनि अन्य क्रियाकलापमा पनि उतिनै पोक्त रहेकी छन् । उनी समाजसेवा, ब्यवसाय लगायत धेरै विधामा सक्रिय छिन् । केही समय अघि राजनीतिमा समेत आवद्ध उनले अहिले आफुलाई राजनीतिबाट टाढा भ्रएको बताएकी छन् ।

मानन्धरले केही दिन पहिले देखि अन्तर्राष्ट्रिय इन्टेक्स ब्राण्डका इलेक्ट्रोनिक्स सामानको व्यवसाय नेपालमा सञ्चालन गरेकी छन् । रिसिक ट्रेडिङ कन्ट्रक्सन प्रालिमार्फत उनी इन्टेक्स ब्राण्डका सामानका लागि नेपालको आधिकारिक बिक्रेता बनेकी छन् ।

करिश्माले केही दिन अगाडि व्यवसाय घोषणा कार्यक्रममा विश्व बजारमा आफूलाई स्थापित गर्न सफल उक्त कम्पनीबाट उत्पादित सामान गुणस्तर र विस्वासिलो रहेको यहि व्यवसाय रोजेको बताएकी थिइन् । यतिबेला भने करिश्मा स्थगित कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट सुरु हुने भएपछि उनी सबै काम छोडेर परीक्षाको तयारीमा लागेकी छन् ।

करिश्मा परीक्षामा जुटेको समय व्यापारको काम छोरी कविता र फिल्म, घरको काम श्रीमान् विनोदले हेर्ने बताएकी छन् । ‘रोकिएको कक्षा १२ को परीक्षा फेरि सुरु हुँदैछ’ करिश्माले भनिन्– ‘यो पटक एकदिन पनि स्कुल गएकी छैन , त्यसैले राम्रोसँग पढ्न भ्याएको छैन ।’ अहिले आफु सबै काम छोडेर परीक्षाको तयारीमा जुटेको उनले सुनाइन् ।

करिश्माले भनिन् ‘परीक्षा सकिएपछि मात्र अन्य काममा समय दिन्छु ।’ अहिले आफुलाई बाहिरको काम धेरै आइरहेको तर असोज ४ गतेसम्म परिक्षा भएकोले सो नसकिएसम्म बाहिरको कुनैपनि कार्यक्रम, प्रोजेक्टमा आफु सहभागी करिश्माले बताएकी छन् । करिश्मा अहिले किटनी कलेज अध्ययनरत छिन् ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार १२:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।