Logo

सम्पादकीय

कोभिड १९ को त्रासबीच पर्व



हामीलाई सबैलाई थाहा छ कि हाम्रो मुलुक बहुजाती, बहुभाषी, बहुसंस्कृति, बहुपरम्परा, बहुरीतिरिवाज, बहुसंस्कारबाट संस्कारित विश्वकै सबैभन्दा धनी मुलुक हो ।

हाम्रो मुलुक यसै अन्तर्गत विभिन्न समयमा विभिन्न चाडपर्व, दिवस, जात्रा र महोत्सव मनाउने चलन छ । यिनै मनाउने चाडपर्वमध्येको हामी सामु नजिकिदै गरेका महत्वपूर्ण चाडपर्वमध्ये पहिलो वडादशैं या कि विजया दशमी टीका र दोस्रो शुभ दीपावली तथा छैठ पर्वको समय विश्वमहामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसको तेस्रो लहरभित्र परेको छ ।

हाम्रा पर्वहरु प्रत्येक वर्षको ऋतु अनुसारका समयकालमा पर्दछन् । पुरुषको चाड, महिलाको चाड लगायत सबै किसिमका उमेरअनुसारका पर्वहरु पनि हाम्रै संस्कृति रीतिरिवाज अनुरुप पर्ने गरेका हामीलाई स्पष्ट नै छ । भर्खरै हिजो अस्तीतिर महिलाहरुको महत्वपूर्ण चाड हरितालिका तीज त्यसपछि ऋषीपञ्चमी मनाइएको स्पष्ट हामी थाहा भयो ।

ऋषी पञ्चमीलाई निकै धुमधामका साथ मनाइने गरि न्छ । यस दिनलाई राज्यले तीजको झैं मान्यता नदिए पनि तीजको निरन्तरतामा समाप्ति वा सांग्यताका रूपमा लिइन्छ । तीज पर्वको अन्तिम दिन भनेर यस दिन पनि तीज जत्तिकै महत्वका साथ यसलाई मनाउने गरिन्छ । यस दिनमा पनि भिडभाड र आवतजावत तीजको दिनमा भन्दा कम हुंदैन । यो दिनमा पनि महामारी संक्रमणको डर कम हुंदैन । यसपछिका दिनहरू अरू ठूला पर्वका तयारीका दिन रहनेछन् ।

महत्वपुर्ण र पहिलो ठूलो चाड असोज महिनामा वडादसैं आउंदै छ । यसको तयारी र रमझम पनि कम हुंदैन । यस पर्वमा विदेशमा रहेका नेपालीहरू पनि स्वदेश फर्कने गर्छन् । हेर्दा अन्तरदेशीय भेटघाट जस्तो देखिने बडादसैंको मिलन गत वर्षको बडादशैं पनि कोरोना भाइरसको महामारीको संक्रमणको हिसाबले निकै जोखिमपुर्णसाथ मनाइयो भने यसवर्षको बडादशैं कोरोना महामारी संक्रमणको हिसाबले निकै जोखिमपूर्ण हुन जाने नै देखिएको छ ।

तीजमा सतर्क गराउन र अनुरोध गर्न त सकियो तर, रोक्न सकिएन । यस्तै अवस्था बडादसैंमा आउने निश्चित छ । त्यस लगत्तै कात्तिक महिनामा तिहार र त्यसलगत्तै तराईको सबैभन्दा ठूलो चाड छठ लगातार आउंदै छन् ।

यी पर्वमा हुने भेटघाट र जमघटले महामारी फेरि बढ्ने त होइन भन्ने आशंका र चिन्ता जन्माइरहेको छ । बर्षाको समय पनि गइसक्यो, मनसुनले छाड्दै गर्दा उघारीमास पनि सुरु हुन थालेको छ । यसबेलामा मेला र पर्वको आगमन एकपछि अर्कोगरी हुंदै जांदैछन् ।

नेपाली महिलाको सर्वमान्य पर्व तीज निकै धुमधामका साथ मनाएर सकियो । पशुपति मन्दिर कोरोना संक्रमणको भयका कारण खुला गरिएन । तर, भक्तजनहरूको भीडभाडमा भने यसले कुनै असर पारेन । मन्दिरको बाहिरी परिसरमा भक्तजनहरूले निकै भक्तिभावका साथ शिव र पार्वतीको पूजाआराधना गरे । नाचगान गाए तर, कोरोनाको प्रवाह गरेनन् । सुरक्षाकर्मीलाई सुरक्षा दिन त्यो भिडभाडमा निकै हम्मेहम्मे परेको देखिन्थ्यो ।

मुखमा मास्क लगाए पनि भिडभाडलाई हेर्दा कोरोना संक्रमण यस्तो बेलामा व्यापक हुन सक्दैन भन्ने अवस्था थिएन । मात्र मन्दिर प्रवेशमा अनुमति भएन तर, भक्तजनको आवतजावत पशुपतिलगायतका मन्दिरमा कमी भने भएन । तीजपछि चौथी पर्वको नेवार समुदायमा ठूलो दसैंसरह महिमा छ । यो दिन नेवारका लागि निकै पुण्य र धनधान्यको दिन हो ।

गणेश चौथीका रूपमा पुजिने यो दिनमा पनि मानिसको ओहिरो र आवतजावत निकै हुन्छ । यसबेलामा कोरोना महामारी संक्रमणको डर पनि कम हुंदैन । तर, संस्कार र संस्कृतिका हिसाबले भगवानले पनि क्षमा गर्छन् भन्ने अलौकिकतामा विश्वास गरेको देखिन्छ । यी पर्वहरूमा हुने घुलमिल र भेटघाट क्षणिक हुंदैनन् ।

भेटघाट र पाहुनाको ओइरो लागिरहन्छ । विभिन्न परिकार बांडीचुंडी खाने र एक ठाउंबाट अर्को ठाउंमा लाने क्रम व्यापक रूपमा चल्छ । यसले पनि महामारी संक्रमण एकबाट अर्कोमा र एक ठाउंबाट अर्को ठाउंमा सर्न र सार्न मद्दत पुर्‍याउने देखिन्छ । यसै कारणले पनि यी पर्वहरूमा बढी सतर्क रहनु जरुरी छ । सबै पर्वहरू मनाउंदा सुरक्षाका सबै मापदण्ड पूर्णरूपमा पालना गरौं । अहिल्यैदेखि सावधान हुन जरुरी ठानौं र पछि पछुताउन नपरोस भनेर सोचौं ।

प्रकाशित : २८ भाद्र २०७८, सोमबार