गत महिनासम्म पूजा शर्मा र वर्षा सिवाकोटीको मित्रता सामाजिक सञ्जालमा खुब देख्न पाइन्थ्यो । उनीहरु क्लबदेखि पारिवारिक भेटघाटमा समेत एकसाथ हुन्थे । आफूहरु जस्तो मिल्ने साथी अरु नभएको झैँ गरेर उनीहरुले हरेक दिन सामाजिक सञ्जालमा एकअर्कासँगको तस्बिर पोस्ट गरिरहेका हुन्थे । यो देख्दा लाग्थ्यो, उनीहरुबीच साथीभन्दा पनि दिदी-बहिनीको सम्बन्ध बनेको छ ।
तर, फिल्म क्षेत्रमा स्थायी शत्रु र मित्र हुँदैन भन्ने गरिन्छ । पूजा र वर्षाको मित्रता पनि स्थायी हुन सकेन । अहिले उनीहरुबीच पानी बाराबारको सम्बन्ध छ । केही समयदेखि न उनीहरुबीच प्रत्यक्ष भेटभाट भएको छ न त बोलचाल नै । पूजालाई सुदर्शन थापाको इन्गेजमेन्ट समारोहमा सहभागी हुनका लागि निमन्त्रणा कार्ड नपुग्नुको एउटा कारण धेरैले वर्षा सिवाकोटीलाई पनि मानेका छन् ।
गत वर्षको दशैंपछि वर्षा र पूजाबीच हिमचिम बढेको थियो । यसैक्रममा वर्षाको भेट राज कटुवालसँग भयो । राज र पूजा एकदमै मिल्ने साथी हुन् । पूजासँग भेट्ने क्रममा राज वर्षासँग नजिक भएका थिए । अहिले उनीहरु गहिरो प्रेममा रहेको चर्चा छ । उनीहरुबीच प्रेम अंकुराएको बेलादेखिको साक्षी पूजा हुन् । तर, अहिले वर्षासँगै राजसँँग पनि पूजाको् सम्बन्ध विग्रिएको चर्चा छ ।
यसै महिना राज र वर्षा अभिनीत ‘म यस्तो गीत गाउँछु’ गीत सार्वजनिक भएको थियो । यो गीत पहिला फिल्म ‘म यस्तो गाीत गाउँछु २’ मा राखिने कुरा थियो । तर, पछि फिल्ममा अटेन । जब यो गीतको म्यूजिक भिडियो बन्ने कुरा आयो तब पूजाले अभिनय गर्ने इच्छा देखाएकी थिइन् । तर, राज र वर्षाले सुटुक्क गीतमा काम गरे । त्यसपछि उनीहरुबीच पानी बाराबार भएको बताइन्छ ।





















प्रतिक्रिया