Logo

समाचार

मौसमविद् भन्छन्: आज केही ठाउँमा मध्यम वर्षा हुने



देशभर आजको मौसममा सामान्य देखि पूर्ण बदली रही देशका केहि भू भागमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ
।
नेपालमा भारतको उत्तर प्रदेश आसपास र भारतको पश्चिममा रहेको राजस्थान नजिक र झारखण्ड आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव बढी रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको छ।

महाशाखाले वर्षा हुने स्थानहरूका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज दिउँसो मुलुकभर आंशिक देखि सामान्य बदली रहने र केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार ११:०८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।