Logo

शिक्षा

एपेक्स एकेडेमीको सातै प्रदेशका कोरोना प्रभावित विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा



एपेक्स एजुकेशनल एकेडेमीले कारोनाबाट प्रभावित सातै प्रदेशका कोरोना प्रभावित विद्यार्थीलाई चिकित्सा तथा इन्जिनियरिङ तयारी कक्षामा छात्रवृत्ति उपलव्ध गराउने घोषणा गरेको छ ।

एकेडेमीले आफ्नो २३ औं बार्षिकोत्सवको अवसरमा शनिवार सम्मेलनको आयोजना गरी चिकित्सा शिक्षा तथा इन्जिनियररिङ तर्फको पूर्व तयारी कक्षामा सहभागि हुन चाहने सातै प्रदेशका कोरोना प्रभावित तथा नेपाल सरकारले निर्धारण गरेको आरक्षित समुहका ४९ जनालाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेको हो ।

विगत दुई दशकदेखि लोकसेवा आयोग अन्तरर्गतका तयारी कक्षा सञ्चालन गर्दै आएको एकेडेमीले ईन्जिनियरिङ र मेडिकल तयारी कक्षामा सहभागि हुने कोरोना प्रभावित विद्यार्थीलाई छात्रवृत्ति दिन लागिएको एकेडेमीका अध्यक्ष हरीप्रसाद पौडेलले जानकारी दिए । उनले भने, ‘हामीले कलेजका टपरलाई मात्र प्राथमिकता नदिएर राज्यले दिएको कोटा अनुसार छात्रवृत्ति उपलव्ध गराउने छौँ । विद्यार्थीलाई सरकारको मापदण्ड अनुसार नै विद्यार्थी छनोट गरेर छात्रवृत्ति उपलव्ध गराउने छौं ।’

उनले यो संस्थाले समाजिक उत्तरदायित्व स्वरुप यो काम गरेको स्पष्ट पारे । कोभिड प्रभावित विद्यार्थी मध्यबाट छात्रवृत्तिका लागि प्रत्येक प्रदेशबाट ७ जना गरी जम्मा ४९ जनालाई पूर्ण निशुल्क छात्रवृत्ति प्रदान गर्ने एकेडेमीले जनाएको छ । यसका साथै अन्य सबै विषयमा अध्ययनरत विद्यार्थीलाई यो शत्रको लागि ५० प्रतिशत छुटको व्यवस्था गर्ने भएको हो ।

एकेडेमीले छात्रवृत्तिका लागि आवेदन दिन सम्बन्धित विद्यार्थी को कोभिड पोजेटिभ भएको सक्कल प्रमाण पत्र , सरकारी वा निजी विद्यालयबाट कक्षा ११ वा सीटिइभिटीको ३ वर्षीय डिप्लोमा कोर्ष उत्तिर्ण गरेको प्रमाणपत्रका साथै नेपाली नागरिक हुनुपर्ने जनाएको छ ।

यस छात्रवृत्ति कार्यक्रममा सहभागी हुन योग्य र इच्छुक विद्यार्थीहरुले यस संस्थामा भौतिक रुपमा उपस्थित भएर वा अनलाइन मार्फत कार्तिक १० गते भित्रमा आफनो नाम दर्ता गराई सक्नुपर्ने एकेडेमीले जनाएको छ ।

कोभिडि छात्रवृत्तिका लागि आवेदक मध्येबाट छानिएकाहरुलाई कार्तिक १३ गते परीक्षा सञ्चालन गर्ने जनाएको एकेडेमीले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आईतवार १२:२०   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।