शनिबार काठमाडौंमा भएको संस्थाको १४ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट नेपाल तामाङ कलाकार संघको अध्यक्षमा विश्व दोङ चयन भएका छन् ।अध्ययक्ष दोङको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन भएको हो । मुख्य पदाधिकारीहरु र महिला सदस्य सर्वसम्मत रुपमा चयन गरिएको थियो भने अन्य पदहरुमा निर्वाचन भएको थियो ।
सम्पूर्ण तामाङ कलाकारहरुको एकता, तामाङ कला र संस्कृतिको विकास, संरक्षण तथा प्रवर्द्धन हाम्रो प्रतिबद्धताु नाराका साथ सम्पन्न अधिवेशन रोमाञ्चक रह्यो । संघको १४ वर्षे इतिहासमा पहिलोपटक कार्यसमिति छनोट निर्वाचन प्रक्रियाबाट भएको छ । यसअघिका ६ वटा अधिवेशनमा सर्वसम्मत तरिकाले कार्यसमिति चयन भएको थियो ।
यसपटक २१ सदस्यीय कार्यसमितिमा अध्यक्षसहित १३ जना सर्वसम्मत र बाँकी ८ खुल्ला सदस्यका लागि मतदान भएको हो । जसमा दोङको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष शशिकला मोक्तान, उपाध्यक्ष विशाल काल्तान, महासचिव रोशन फ्युबा, सचीव सुभाष मोक्तान, कोषाध्यक्ष खेम मोक्तान र ७ महिला सदस्य सर्वसम्मत निर्वाचित भएको थियो ।

निर्वाचन प्रक्रियाबाट खुल्ला सदस्य पदमा बुद्ध लामा, जीवन बम्जन, योगेश लामा, आस्मान लोप्चन, बैरागी मोक्तान, अनिल लामा, अशोक लामा, रमित लामा निर्वाचित हुनुभएको छ । मतदानमा ३८ प्रतिनिधिले मताधिकार प्रयोग गरेका थिए ।
निर्वाचन मण्डलका अध्यक्षमा काजीमान तामाङ, सदस्यद्वय प्रतीक ङेसुर र दिपेन्द्र दोङ रहनुभएको थियो । उहाँहरुले सर्वसम्मतका लागि अन्तिम क्षणसम्म प्रयास गरे पनि सहमति नजुटेपछि मतदान प्रक्रियामा गएको थियो । सातौं अधिवेशनबाट निर्वाचित अध्यक्ष दोङले सन्तुष्ट अनि असन्तुष्ट सम्पूर्ण कलाकारहरुलाई एकताबद्ध गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
नयाँ कार्यसमितिको सूची
अध्यक्ष: विश्व दोङ
वरिष्ठ उपाध्यक्ष: शशिकला मोक्तान
उपाध्यक्ष: बिशाल काल्तान
महासचिव: रोशन फ्युबा
सचिब: सुवास मोक्तान
कोषाध्यक्ष: खेम मोक्तान
सदस्यहरु: बुद्ध लामा, जीवन बोम्जन, योगेश लामा, निर्मला घिसिङ, मिङ्स लामा, अश्मान लोप्चन, कुमार स्याङ्बा, बैरागी मोक्तान, जितु लोप्चन, अशोक तामाङ, अनिल लामा, रेश्मा बोम्जन, अन्जु थोकर, लक्ष्मी स्याङ्तान, रमित लामा





















प्रतिक्रिया