Logo

सूचना/प्रविधि

केही घन्टा फेसबुक बन्द हुँदा जुकरबर्गको ६ अर्ब बढी डलरको नाक्सान



विश्वभरी गएराती विभिन्न मुलुकका प्रयोगकर्ताले ६ घण्टा फेसबुक चलाउन पाएनन् । फेसबुकसँगै इन्स्टाग्राम, ह्वाट्सएप, मेसेन्जर र ओकुलसल सबै डाउन भएका थिए। झन्डै ६ फेसबुकले ६ घन्टापछि प्राविधिक समस्या समाधान भएको र आफ्ना सबै सामाजिक सञ्जाल साइट र एपले काम गर्न थालेको जनाएको छ।

फेसबुकसहितका साइट बन्द भएर फेरि सुरू हुँदासम्म फेसबुकका सिइओ मार्क जुकरबर्गले भने ६ अर्बभन्दा बढी अमेरिकी डलरको घाटा खेपेका छन्।

ब्लुमबर्गका अनुसार सोमबार फेसबुकको सेयर मूल्य ४.९ प्रतिशतले घटेको छ। मध्य सेप्टेम्बरयता मात्रै फेसबुकको सेयर मूल्य झन्डै १५ प्रतिशतले गिरावट आएको छ ।

सेयरको मूल्य घटेसँगै जुकरबर्गको सम्पत्ति पनि घटेको छ। ब्लुमबर्ग बिलिनियर्स इन्डेक्समा उनी पाँचौं नम्बरमा झरेका छन्। यसअघि उनीभन्दा पछि रहेका बिल गेट्सले जुकरबर्गलाई पछि पारेका छन्।

एजेन्सी

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार ११:११   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।