Logo

मनोरञ्जन

कुशल र बिष्णुको स्वरमा ‘आइन पियारी’ सार्वजनिक (भिडियो सहित)



गीतकार तथा संगीतकार पृथलाल बिकको शब्द संगीतमा समावेश दशैँ तिहार गीत ‘आइन पियारी’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

नेपालीहरुको महान् चाड दशैँ तिहारमा परदेशमा रहेका नेपालीहरुको घर फर्किन नसक्नुको बाध्यता र पिडालाई गीत मार्फत व्यक्त गरिएको छ। कोरना कहरका कारण घर फर्किन नसकेको परदेशीको दुखद कथालाई समेटेर भिडियो तयार पारिएको छ।

गीतमा कुशल बिश्वकर्मा र बिष्णु परियारको युगल गायन समावेश छ। कृष्ण पाण्डेले छायांकन गरेको भिडियोलाई जीवन सेन्चुरीले सम्पादन गरेका हुन्। म्युजिक भिडियोमा दिलिप रेग्मी, शिल्पा कार्की र सुशील महतको अभिनय रहेको छ। दिलिप रेग्मीले निर्देशन गरेको भिडियोलाई ‘पृथलाल बिक’को आधिकारिक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

भिडियो लिंक:

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार १४:३३   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।