Logo

मनोरञ्जन

माया पिरेममा साम्राज्ञीको यस्तो अवतार (भिडियो सहित)



चर्चित गायक विश्व नेपाली र गायिका अस्मिता परियारको स्वरमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । माया पिरेम बोलको उक्त गीतमा डिपी खनालको शब्द रहेको गीतमा शंकर थापा स्माइलको संगीत र उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।

पुरुष कलाकारहरु नयाँ राखिएको उक्त गीतको भिडियोमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अलिशा शर्माले मोडलिङ गरेका छन् । बुधबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको भिडियोमा अभिनय गर्ने नयाँ कलाकारहरुमा देलविस दर्शनधारी, राज रोहन तुम्बाहाङ्फे हुन् ।

माइकल चन्दको निर्देशक रहेको भिडियोमा उत्सव दाहालको छायाँकन र शिलोन लम्सालको सम्पादन रहेको छ । गीत र भिडियोको निर्माता दिनेश दर्शनधारी र यसोदा राई हुन् ।

भिडियो हेर्नुहोस् :

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार १८:३८   :  बजे

381
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।