Logo

प्रमुख समाचार

काठमाडौं महानगरमा १८ वर्षमाथिका सबैलाई भेरोसेल खोप लगाउन सुरु



काठमाडौं महानगरपालिकाले १८ वर्षमाथिका सबै नागरिकलाई आजबाट कोरोना भाइसरविरुद्ध चीनीयाँ खोप भेरोसेल लगाउन भएको छ । दशैंअघि खोप लगाउने उद्देश्यले आजबाट १८ वर्ष माथिका सबै नागरिकलाई खोप लगाउन शुरू गरिएको हो ।

काठमाडौं महानगरकाको ३२सै वडा र ५ वटा अस्पतालमा खोप लगाउने प्रबन्ध मिलाइएको महानगरले जनाएको छ । नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाउन सकिनेछ ।

खोप केन्द्रमा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाउन महानगर अनुरोध गरेको छ । सबैलाई सहज रुपमा खोप लगाउने व्यवस्था गरिएको महानगरका जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले जनाएका छन् ।

खोप लगाउनका लागि परिचय खुल्ने फोटोसहितको परिचयपत्र र विद्युतीय दर्ता नम्बर अनिवार्य गरिएको छ । २४ असोजसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप लगाइनेछ ।

विद्युतीय दर्ता नम्बरका लाग स्वैच्छिक आवेदन फारम क्लिक गरेर नाम दर्ता गर्न सकिन्छ ।

अहिलेसम्म देशभर ८० लाख आठ हजार ८५४ जनाले पहिलो डोज लगाइसकेका छन् । त्यस्तै, ६४ लाख ३० हजार ४३१ जनाले दुई डोज अर्थात पूर्ण खोप लगाइसकेको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार ११:०८   :  बजे

168
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।