नेपाली सांगीतिक क्षेत्र मा सफल अनि करोड कलबका गायक तथा संगीतकार, गीतकार भिम बी.सीले आफ्ना सिर्जना हरुले सबैको मन जित्न सफल भएका छन् ।
आफु लामो रेस को घोडा जस्तै अगाडी हिड्न मनलाग्छ । आफ्नो कर्म र भाग्यमा विश्वास गर्छन । उनका चर्चित गीतहरु कपुरी क, ताराबाजी लै लै, ए कान दुई कान मैदान, झुमा झल्का पिरती, इतिहास, मुखैमा राम राम, बस बस रे, एना हेरी हेरी हुन । नेपाली सांगीतिक क्षेत्रमा उनलाई ट्रेन्ड शेटरका रुपमा चिनिन्छ ।
सांगीतिक माहोल अहिले एउटा गीतले छाएको छ भिम बी सी को संगीत जीना रसाइली र शेर काईनी को अवाज रहेको गीत “परानी” सबै को मनमा बस्न सफल भएको छ । आफ्नो मायालु लाई छोडेर जानु पर्दाको बिछोड कहानीमा प्रस्तुत गरिएको छ ।
प्रमोद भण्डारीको निर्देशन रहेको यस भिडियोमा कविता नेपाली अनि एल बी बिश्वोकर्मा को जिबन्त अभिनय हेर्न सकिन्छ । वास्तविक जीवनमा आधारिक कथा यस भिडियो मार्फत देखाएको छ । यस भिडियोलाइ दिपेन बस्न्यातले सम्पादन अनि छायांकन गरेका छन् ।
संगीतकार भिम बी ले सुदुर्पचिम देउडा संस्कारलाई अगाडी बढाउने हेतुले आफ्नो सिर्जना मार्फत प्रस्तुत गरेका छन् । यस भिडियोलाई उनको आफ्नो युट्युबच्यानल मा हेर्न सकिन्छ ।
मौलिक संस्कृतिलाई बचाउने हेकाले आफू सधै तत्पर रहेको संगीतकार गायक, गीतकार भिम बी सीले बताएका छन् ।
भिडियो हेर्नुस:





















प्रतिक्रिया