Logo

अन्तर्राष्ट्रिय

अनलाइन कक्षा पढ्दापढ्दै मोबाइल पड्कियो, ११ वर्षीय विद्यार्थीको जलेर मृत्यु



हनोई । अनलाइन कक्षा लिने क्रममा भियतनामा एक बालकको मोबाइल फोन बिस्फोट हुँदा मृत्यु भएको छ । नेग्ही प्रान्तमा घरबाट अनलाइन कक्षा लिने क्रममा पाँच कक्षामा पढ्ने ११ वर्षीय बालकको मृत्यु भएको हो ।

उनले मोबाइल चार्ज गर्दै कक्षा लिएका थिए । बिस्फोटलगत्तै बालकको शरीररमा आगो सल्केको थियो । जलेर गम्भीर घाईते उनको उपचारका क्रममा मृत्यु भएको हो ।

उनको मृत्यु बारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरीले पड्किएको मोबाइल र चार्जर जाँच गर्ने भएको छ । मृत्युपछि स्थानीय शिक्षा अधिकारी ती बालकको घरमै पुगेका थिए ।

कोभिड संक्रमण बढेपछि भियतनाममा विद्यालयको पठनपाठन पुनः अनलाइनबाट हुन थालेको छ । एजेन्सी

प्रकाशित मिति : कार्तिक ३, २०७८ बुधबार  २ : १५ बजे

1.557k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।