Logo

मनोरञ्जन

टिकटक स्टार सुधिर र बिना यस्तो रोमान्टिक अवतारमा देखा परे



गायक रबिन बर्तौला र गायिका बिन्दु परियारको स्वरमा रहेको गीत माया लाउनै जानिनको म्यूजिक भिडियो बाहिरिएको छ । पेशाले इञ्जिनियर समेत रहेका गायक बर्तौलाकै शब्द र संगीत शृजना रहेको गीत रोमान्टिक शैलीमा तयार पारिएको छ ।

प्रेम र रोमान्स गर्ने उमेरका युवा युवतीले थाहै नपाई हेराहेरमा लगाइने माया प्रेम र रोमान्सको कथालाई देखाइएको भिडियोमा पछिल्लो पुस्ताका चर्चित टिकटकरद्धय सुधिर श्रेष्ठ र बिना राउतको अभिनय रहेको छ ।

रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोको छायांकन बाबु श्रेष्ठले गरेका हुन् । अच्युत बजगाईको सम्पादन रहेको भिडियो हाइलाइट्स नेपालबाट बजारमा आएको छ ।

हेर्नुहोस् भिडियो:

प्रकाशित मिति : ७ कार्तिक २०७८, आईतवार १२:३७   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।