कञ्चनपुर । नेकपा (एकीकृत समाजवादी) कञ्चनपुरको अध्यक्षमा जीवनराज थापा चयन भएका छन् । पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले थापाको अध्यक्षतामा एक सय ५१ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।
यसअघि एमालेको जिल्ला कमिटी उपाध्यक्ष रहेका थापा पुनर्वास नगरपालिकाका नगर प्रमुखसमेत हुन् ।
थापा अध्यक्ष भएसँगै पार्टीको जिल्ला उपाध्यक्षमा रवीन्द्र कुँवर, उपाध्यक्ष महिलामा पूर्णा गुरुङ्ग, सचिवमा हर्कसिंह धामी, उप–सचिवमा आरपी सार्की, लालबहादुर शाही र राजेन्द्र पाण्डेय चयन भएका छन् ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले महेन्द्रनगरमा आयोजित जिल्ला विस्तारित बैठकमा पदाधिकारीहरूलाई बिहीबार शपथ खुवाएका छन् ।





















प्रतिक्रिया