नेपाली कांग्रेसका नेता बद्री पाण्डेले लोकतन्त्रमा कालो बादल मडारिँदै गएको भन्दै फेरि संघर्ष गर्नुपर्ने आशंका बढेको बताएका छन । अनलाइनपाना डट कमको छैठौँ वार्षिकोत्सवका अवसरमा आइतबार संघीय राजधानीमा भएको कार्यक्रममा नेता पाण्डेले सरकार व्यवस्था र स्वतन्त्रता खण्डित गर्न उद्यत भएको भन्दै लोकतन्त्रका लागि फेरि संघर्ष गर्नुपर्ने स्थिति आउन लागेको आशंका गरे । उनले भने – ‘गिरिजाबाबुले अबदेखि लोकतन्त्रका लागि संघर्ष गनृ नपरोस भन्नुहुन्थ्यो । तर सरकार स्वतन्त्रता खण्डित गर्न लाग्दैछ । लोकतन्त्रै लागि संघर्ष गर्नुपर्ने हो कि भन्ने आशंका उब्जिएको छ ।’ उनले लोकतन्त्र बचाउन र यसका मूल्य मान्यता जोगाइ राख्न पनि सञ्चार जगतको महत्वपूर्ण भूमिका हुने भन्दै अनलाइनपानालाई त्यस दिशामा अघि बढन सुझाव दिए ।















प्रतिक्रिया