Logo

uncategorized

चितवन मेडिकल कलेजमा उपचारार्थ एक कोरोना संक्रमितको मृत्यु



चितवन मेडिकल कलेजमा उपचारार्थ तनहुँका एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको आँबुखैरेनीका-३९ बर्षीय पुरुष रहेका छन् ।

उनको शुक्रबार मध्यान्ह १२ : ५५ बजे उपचारका क्रममा चितवन मेडिकल कलेजमा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य कार्यालय पोखराले जानकारी दिएको छ । 
 
उनमा २९ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै गण्डकी प्रदेशमा ज्यान गुमाउनेको संख्या ३३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। विनोद विन्दु शर्माले जानकारी दिए । 

 

प्रकाशित मिति : आश्विन ९, २०७७ शुक्रबार  १२ : ३५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।