Logo

सुदूरपश्चिम प्रदेश

१२ वर्षीया बालिकाको विभत्स हत्या, एक जना पक्राउ



बझाङको मष्टा गाउँपालिकामा १२ वर्षीया बालिकाको विभत्स हत्या भएको छ। बुधबार राति वृद्ध हजुरबुवा र हजुरआमाको संरक्षणमा रहेकी बालिका सम्झना कामीको विभत्स हत्या भएको हो । प्रहरीले बालिकाको हत्या गरेको आशंकामा स्थानीय एक जनालाई पक्राउ गरेको छ।

सम्झना बुधबार पशु चौपाया चराउन सिमछानामा गएकी र राती अबेरसम्म घर नआएपछि खोजी गर्दै जाँदा सोही राती गाउँभन्दा झण्डै २ किलोमिटर टाढा सिम मन्दिरमा उनको शव फेला परेको थियो । बालिकाको शरीर भरी निलडाम र नग्न अवस्थामा शव भेटिएको मष्टा गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष शेरबहादुर खड्काले बताएका छन् ।

खड्काका अनुसार बालिकाले कानमा लगाएका सुनका गहनासमेत लुटिएको छ। बझाङ प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको छ । घटना बुधबार भएपनि शुक्रबार बिहान मात्र खबर आइपुगेको हो ।

यसैबीच प्रतिनिधिसभा सदस्य प्रकाश रसाइली स्नेहीले बालिकाको विभत्स हत्याको सत्य तथ्य बाहिर ल्याउन माग गरेका छन् ।

हिमालय टेलिभिजनसँगको कुराकानीमा सांसद रसाइलीले बालिकाको हत्या हुनुको कारण खोजि गरी दोषीमाथि कारबाही गर्न माग समेत गरेका छन् ।

प्रकाशित मिति : आश्विन ९, २०७७ शुक्रबार  १ : २० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।