Logo

प्रमुख समाचार

सल्यान बस दुर्घटना अपडेट-मृतकको संख्या १२ पुग्यो



सल्यान । सल्यान बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । आइतबार बिहान ११ बजे भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको हो । बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै र २ जनाको अस्पताल लग्ने क्रममा मृत्यु भएको थियो । त्यस बाहेक अरु ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सल्यान खलंगादेखि दाङको तुलसीपुर जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आइतबार बिहान कपुरकोट गाउँपालिका ५ थारखोलामा दुर्घटना भएको थियो ।

बसमा ३० जना सवार रहेका थिए । बस सडकदेखि २०० मिटर तल खोलामा खसेको थियो । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । गम्भीर घाइतेहरुलाई उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको समेत प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आईतवार १५:२३   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।