Logo

प्रमुख समाचार

सुदुरपश्चिममा एमालेको बैठक : भीम रावलले भने, यो बैठक अवैध



काठमाडौं । नेकपा एमालेको सुदुरपश्चिम प्रदेशमा विवाद झन् चर्किएको छ । मंगलबार पार्टीको प्रदेश कमिटीको बैठक बस्न लागेका बेला पार्टी उपाध्यक्ष भीम रावलले उक्त बैठक दश बुँदे सहमति विपरित भएको र उक्त बैठकले गर्ने निर्णयसमेत अवैध र अमान्य हुने चेतावनी दिएपछि विवादले उग्र रुप लिएको हो ।

बैठक बस्ने दिन रावलले समाजिक सञ्जालमा स्टाटस लेख्दै सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई कथित र गुटबन्दीको नमुना भनेका छन् । उनले पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन झापामा लागू हुने, सुदूरपश्चिममा किन लागू नहुने भन्दै प्रश्न गरेका छन् ।

उनले सुदूरपश्चिमको भूमि बाह्य अतिक्रमणमा परेकाले हो कि भन्दै आक्रोश पोखेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा रावलले भनेका छन्, ‘आज हुने भनिएको कथित सु.प. प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरित छ । यो गुटबन्दीको नमुना हो । यो बैठक र यसका निर्णयहरु अवैध र अमान्य छन् । अपानि १२ झापामा लागू हुने, सु.प.मा लागू नहुने किन ? यहाँको भूमि बाह्य अतिक्रमणमा परेकाले हो कि ?’

आज हुने भनिएको कथित सु.प. प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ । यो गुबन्दीको नमूना हो । यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन् । अपानि १२ झापामा लागु हुने, सु.प.मा लागु नहुने किन ? यहाँको भूमि वाह्य अतिक्रमणमा परेकोले हो कि ?

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलवार १३:४५   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।