सत्तारुढ दल नेपाली कांग्रेसको आसन्न महाधिवेशन गर्ने पछिल्लो कार्यतालिका सार्वजनिक गरेको छ । यसअघि पनि पटकपटक सरेको कांग्रेसलाई महाधिवशेन यसपटक सार्ने भने सुविधा कांग्रेसलाई छैन । संविधानको धारा २६९ को उपधार ४ (ख) मा प्रत्येक राजनीतिक दलले बढीमा ५ वर्षमा एकपटक महाधिवेशन गर्नुपर्ने र असामान्य परिस्थितिमा ६ महिनासम्मको समय थप गर्न सकिने व्यवस्था छ । कांग्रेसको विधानमा ४ वर्षमा महाधिवेशन गर्नुपर्ने भएपनि संवैधानिक सुविधा लिएर कांग्रेसले गत भदौमा नै तोकिएको महाधिवेसनलाई मंसिरमा सारेको थियो। अब भने त्यो सुविधा कांग्रेसलाई छैन।
पार्टीको तल्ला तहको अधिवेशन थालनीसँगै केन्द्रीय नेतृत्वका लागि आकांक्षीहरुले धमाधम दाबी प्रस्तुत गरिरहेका छन् । यही क्रममा नेपाली कांग्रेसका सह-महामन्त्री डा. प्रकाश शरण महतले महामन्त्री पदका लागि आफ्नो उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । उनै महामन्त्री पदका उम्मेदवार महतसँग अनलाइनपानाले महाधिवेशन केन्द्रित रहेर गरेको कुराकानीको संंम्पादित अंश :
पटकपटक कांग्रेस महाधिवेशन सर्दैछ अब चाहिँ तोकिएको समयमा होला भन्ने आधार के ?
अधिवेशन समयमा नै हुन्छ । यद्मपि हामीले पटक पटक कार्यतालिका परिर्वतन गर्नुपर्यो । मुलतस् कोभिडको कारणले हामीले अधिवेशन समयमा गर्न चाहेर पनि सम्पन्न गर्न सकेनौँ । तपाई हामी सबैलाई थाहा छ । झण्डै २ बर्ष भईसक्यो यो कोभिडको माहामारीबाट देश गुज्रेको ५र ६ महिना त लकडाउन कै अवस्था रह्यो । लकडाउन नहुँदा पनि धेरै सहज स्थिति थिएन् । त्यो नै मुल कारण हो अधिवेशन ढिला हुनुमा, त्यसमाथि हामीले जुन चाँही पारदर्शी प्रकिया यसपाली अपनायौँ, महाधिवेशनको सिलसिलामा नयाँ विधि, विधानको कार्यान्वयन गर्यौं, सक्रिय सदस्यतालाई डबल भन्दा बढी बनायौँ ।
झण्डै १० लाखको हाराहारीमा सक्रिय सदस्यता पुर्यायौँ र पहिला सक्रिय सदस्यता जिल्लाले पठादथो, केन्द्रमा चाँही एउटा समितीले हेर्थ्यो । केही प्रकिया तलमाथि भएको छ की पुरा हेरेर त्यसको आधारमा जिल्लामा पठाईन्थ्यो । जिल्लामा निर्वाचन अधिकृतले एकैबार पोको खोल्थ्यो । त्यसपछि वडाले एकैबार खोल्थ्यो । कसैको छुट्यो भने छुट्यो । भित्तामा टाँसी दिन्थ्यो, त्यहाँ जो पर्यो त पर्यो परेन त परेन । यसपाली टेक्नोलोजीले पनि अलिकति सहयोग गरेको छ त्यो नेटबाटै सार्वजनिक गर्यो । सार्वजनिक गरेपछि नाम नमिलेका, छुटेका, अन्याय भो भनेका, जति जे थिए नमिलेर आएका सबै उजुरी चाँही छानविन गरी फेरि छानबिनमाथि अर्को छानबिन यी तमाम् जुन प्रक्रिया भयो विस्तारित प्रक्रियाले गर्दा पनि केहि ढिला हुन गयो, अब तपाई देख्नु हुन्छ कमरेडका पार्टीहरुको न छानबिन गरेको सुन्छौँ, न त कुन सदस्य के भो भनि केही आको छ ? तपाई सुन्नु हुन्छ ?
धेरै जनामा हेर्दा योग्यता, क्षमता छ, कमिटमेन्ट छ, पार्टीलाई केन्द्रबिन्दुमा राखेर म जहिले पनि कुाम गर्छु । मान्छेहरु चाँही आफूलाई केन्द्रबिन्दुमा राखेर कुरा गर्छन् । म के कुरामा विश्वास गर्छु भने पार्टी बलियो भयो भने हामी सबै बलियो हुन्छौँ । म चाँही बलियो हुँन्छु पार्टी चाँही जेसुकै होस् भन्ने मानसिकताले कोही बलियो हुनेबाला छैन । पार्टी चाँही सानो हुँदै जाने अनि म चाँही त्यहाँको ठूदो हुनुको कुनै अर्थ छैन त्यसकारण पार्टीलाई केन्द्रबिन्दुमा राख्ने, पार्टीमा दुख पाएका साथीहरुलाई संरक्षण गर्ने मेरो चाँही प्राथामिकता हो ।
हामीले त एउटा सिस्टोमेटिक रुपमा पार्टीलाई एउटा लोकतान्त्रिक अभ्यास गर्ने बाटोमा लग्यौ। त्यो कारणले पनि यसमा चाँही कतिपय अप्ठ्यारा ढिलासुस्ती भए । फेरि अर्कौ चाँही पार्टी सभापतिले के गर्न भो भने अरु पार्टीले चाँही बिग्रर्दै गाको छ, पार्टी फुटी राखेको छ, हाम्रो पार्टीलाई एक बनाएर लानुपर्छ । त्यो हुनाले म बहुमतको पनि पार्टीभित्र प्रयोग गर्दिन । कुनै पार्टीमा बहुमत, अल्पमत, यसको कुरा मान्ने उसको कुरा नमान्ने भन्ने कुराहरु आए ।
हाम्रो पार्टीमा अब कतिपय कुराहरु बहुमतले गर्न सकिने, विधानको व्यस्था भएपनि त्यो प्रयोग नगर्ने, सर्वसहमतिबाट मात्र निर्णय गर्ने भनेपछि सर्वसहमतिबाट निर्णय गर्दा एउटा नेताले पनि चित्त बुझाएनन् भने त्यो चाँही निर्णय नहुने । पछिल्लो दिनमा सक्रिय सदस्यता टुङ्गाउने कुरामा पनि सारा सबै नेताहरु सहमति छान्ने समिती बनाएको छ । यसलाई सर्वसम्मत समितीले टुङ्गाई सकेको पनि छ । टुङ्गाइपछि ए त्यो के गर्दैछ फेरि भएन भनेर पनि रोकिएको छ । भन्न खोजेको के हो भने पार्टी सभापतिलाई उहाँको मूल लक्ष्य चाँही जसरी पनि पार्टीलाई एक गराएर लाने र खास गरेर अधिवेशनको कुरामा त सर्वसम्मत नभई गर्दै गर्दिन भनेको हुनाले जो उहाँसँग असहमत, असन्तुष्ट नेता साथीहरु हुनुहुन्थ्यो उहाँहरुलाई पनि आफ्नो पक्षमा सर्वसम्मत हुने गरेर अगाडि बढ्नु भएको छ, मलाई लाग्छ अधिवेशन एकाताबद्ध भएर अधिवेशन जाने मूल्यमा उहाँले धेरै आफ्ना कुराहरु पनि छोड्नु भयो । त्यही कारणले गर्दा यो अधिवेशन ढिला भयो ।
अहिलेसम्मको जिल्लागत अवस्था हेर्दा त अर्को समूहले सभापति जितेको छ तपाइहरुलाई अप्ठेरो पर्ने त होइन ?
पहिलो कुरा त यो हाम्रो आफ्नो नेपाली कांग्रेस पार्टी हो । म अरु नेताहरु जस्तो एकदम आफ्नो पार्टी सभापतिलाई गाली गर्न उत्रिदै उत्रिनु हुन्न, अरु नेताहरु बोली रहनु भाको छ । अनि अर्को कुरा तब वर्चसो भो यो भो अरु ठूला भए हामी तल झरे भन्नु बहस उचित हुन्न तैपनि पार्टी भित्र लगभग पक्ष विपक्षको कुरा गर्ने हो भने जे प्रचारित कुरा भईराको छ त्यो होईन् । पार्टी सभापतिको संख्या पहिला कमै थियो अहिले बढेको छ । तर समग्रमा सबै हामी एउटै पार्टी हो, हाम्रै दाजुभाई हुन त्यसमा तेरो र मेरो भन्नु पर्ने आवश्यक छैन ।
तपाईको उम्मेदवारी केमा रहन्छ ? तपाइ अरु उम्मेदवारभन्दा योग्ग छु भन्ने आधार के हो ? अरु पनि धेरै महामन्त्रीमा उठ्ने भनेका छन् त्यसो हुँदा गाह्रो होला कि ?
मैले महामन्त्री पदमा नै उम्मेद्दारी दिने निधो गरेको छु । धेरै जनामा हेर्दा योग्यता, क्षमता छ, कमिटमेन्ट छ, पार्टीलाई केन्द्रबिन्दुमा राखेर म जहिले पनि कुाम गर्छु । मान्छेहरु चाँही आफूलाई केन्द्रबिन्दुमा राखेर कुरा गर्छन् । म के कुरामा विश्वास गर्छु भने पार्टी बलियो भयो भने हामी सबै बलियो हुन्छौँ । म चाँही बलियो हुँन्छु पार्टी चाँही जेसुकै होस् भन्ने मानसिकताले कोही बलियो हुनेबाला छैन । पार्टी चाँही सानो हुँदै जाने अनि म चाँही त्यहाँको ठूदो हुनुको कुनै अर्थ छैन त्यसकारण पार्टीलाई केन्द्रबिन्दुमा राख्ने, पार्टीमा दुख पाएका साथीहरुलाई संरक्षण गर्ने मेरो चाँही प्राथामिकता हो । मैले ७ कक्षाको उमेर देखि जेल जान थालेको हुँ । हरेक आन्दोलनको म प्रत्यक्ष सहभागी हुँ । २०२९, साल, ०३२, ०३६, ०४२ सालको सत्याग्रहको नेतृत्व गर्ने जिम्मा पाएको, ४६ सालको जनआन्दोलनमा पार्टीले बनाएको सार्क सदस्य जनआन्दोलन परिचालन समितीको सदस्य हो । यो अप्ठेरो परिस्थितिलाई पनि बेहोरेको छु । अनि खुला राजनीति पनि ६२ र ६३ को आन्दोलनमा पनि म नेतृत्व गरेर हिँडेको छु ।
जतिपनि जिम्मेवारी छ त्यसमा कर्तव्य निष्ठ भएर सम्पन्न गरेको छु । चाँहे उर्जा मन्त्रि हुँदा होस, विदेश मन्त्री हुँदा होस् देशको स्वार्थ र आवश्यकतालाई केन्द्रबिन्दुमा राखेर तर्कसँग मित्रराष्ट्रहरुसँग आफ्नो कुरा प्रिजेन्ट गरेको छु । यसकारण जाँहा म कर्तव्य लिन्छु यो मेरो जिम्मेवारी हो भनेर त्यहाँ सय प्रतिशत दिन्छु । चाँहे त्यो योजना आयोगमा होस् या पार्टीको जिम्मेवारीमा होस् । त्यसैले म सक्षम पनि छु, उमेर पनि छ दक्षता छ, योग्यता छ सबै छ त्यसैले मलाई लाग्छ म पार्टीको उम्मेदवारीमा सबै भन्दा जिम्मेवार व्यक्ति हुँ ।
औँ महाधिवेशनमा जति पनि महाधिवेशन प्रतिनिधिहरु आएका छन् ती मध्ये ७० प्रतिशत युवाहरु आएका देखियो यसले कति असर गर्ला ?
युवा आएर के भो त ? युवा आउनु त राम्रो कुरा हो । युवाको कुरामा म तपाईलाई के भन्छु भने यो एउटा तथाकथित रुपमा प्रमखहरु युवा पनि बन्छन् । म आफै पनि युवा हुँ । तर म के कुरामा विश्वास गर्छु भने पार्टीको नेतृत्व होस् या देशको नेतृत्व होस् आवश्यकताले चल्छ । उमेर अलिकति छिपिएको व्यक्ति पनि उसमा अनुभव पनि छ, क्षमता पनि छ । उर्जा पनि छ योग्यता पनि छ भने प्रमुख नेतृत्व चाँही हुदैँ हुँदैन भनेर हुन्छ । सँगसँगै युवामा पनि यी सब छ भने आउन सक्छ । त्यसकारण युवा भर्सेस प्रमुख भन्ने निरथक बहस हो । त्यो अनावश्यक बहस हो । मूलत: भिडको पछाडि लाग्ने सहि नेतृत्व होईन, गलतलाई चिर्न सक्ने र गलत भन्न सक्ने सहि नेतृत्व हो ।
सरकारको विरोधमा पार्टीका नेता बोल्दै आएका छन् यसले कस्तो खालको सन्देश दिन्छ ?
यहि बुझदैनन् हाम्रो काँग्रेसका नेताहरु अहिले यतिका पोजेटिभ कुरा भईराखेका छन् । अब पार्टी नेतृत्व नै अधिवेशनलाई मध्ये नजर राखेर गाली गर्यो भने फाईदा हुन्छ भनेर बोल्नु राम्रो हो र रु कार्यकर्ताले सबै बुझिसक्याछन् । गालि गरेर न २ भोट बढ्छ् । त्यसकारण मलाई लाग्छ हामीले आफूले गरेका कुराहरु नभन्ने विरोधीका चाँही कमी कमजोरी पनि नभन्ने, एक अर्कालाई मात्र गाली गर्ने हो भने कसरी हामी ठूलो पार्टी हुने ? जनताले विश्वास कसरी गर्छ ?
अहिलै त एउटा सकारात्मक सन्देश दिने हामी एक छौँ । हामीमा सद्भाव छ भन्ने विश्वास र आश्वस्त गर्नु पर्यो नी । हिजो चाँही जनताले कम्यूनिष्टलाई विश्वास गरेर अहिले रोइरहेका छन् । नेपाली कांग्रेसले पनि त्यही गर्यो भने त चाँहानु हुन्न नि, हामीले त एउटा पोजेटिभ उर्जा दिनु पर्ने आवश्यक छ ।



















प्रतिक्रिया