Logo

अन्तर्वार्ता

जनताको सेवा र विकासका काममा अनियमितता रहित ढंगले काम गरेका छौं : प्रमुख खगेन्द्र राई [अन्तरवार्ता]



नेपालको नेपालको नं. १ प्रदेश अन्तर्गत पर्ने उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका प्रमुख हुन् खगेन्द्र राई । नेपाली कांग्रेसबाट निर्वाचित भएका मेयर राईको नेतृत्वमा रहेको नगरपालिकामा के-कस्ता विकास निर्माणहरु भइरहेका छन्, कोरोना नियन्त्रणमा के कस्ता पहल भए, आगामी योजनाहरु के छन् भन्‍ने लगायतका विषयमा अनलाइनपानाकर्मी रामनाथ कुँवरले गरेको कुराकानीको संम्पादित अंश :

चौदण्डीगढी नगरपालिकामा कोरोना नियन्त्रणका लागि के कस्ता कार्यहरु गर्नुभएको छ ?

गत वर्ष कोरोना संक्रमण फैलीने वितिकै हामीले ३ करोड लगानीमा ७० बेडको सुविधाजनक अस्पताल निर्माण गरेका थियौं । त्यस अस्पतालबाट ८ सयको हाराहारीमा बिरामीको उपचार गरायौं । कोरोना परिक्षण लगायतका अन्य कार्यहरु गर्दै बिरामीलाई अस्पताल ल्याउन र अन्यत्र रिफर गर्नका लागि निसुल्क एम्बुलेनसको व्यवस्था पनि गरेका थियौं ।

जनतासँग गरेका प्रतिवद्धताहरु कति पुरा भए ?

बजेट भाषण अनुसार हामीले जनतालाई सबै सेवा सुविधाहरु दिएकै छौं । नगरपालिकामा स्वास्थ्य र शिक्षालाई लगभग निसुल्क बनाएका छौं । गरपालिकाको ९० प्रतिशत भू -भागलाई सडक सञ्जालसंग जोडिएको छ । स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा पक्की भवनहरु निर्माण गरका छौं । तसर्थ हामीले प्रतिवद्धा अनुसारको सेवा प्रदान गरेका छौं ।

नेपाली कांग्रेस महाधिवेशनमा तपाई कुन पदको आकांक्षी हुनुहुन्छ ?

म नेपाली कांग्रेसको कार्यकर्ता हुँ । १४ औं महाधिवेशनमा मेरो उदयपुर जिल्ला क्षेत्र नम्बर १ को सभापतीमा उम्मेदवारी रहेको छ ।

चौदण्डीगढी नगरपालीकामा विकासका कामहरुलाई कसरी अगाडि बडाउँदै हुनुहुन्छ ?

हामीले धेरै जसो बजेट वडाहरुलाई नै दिएको छौं । नगरले ठूला योजनाहरुलाई अगाडि बडाएको छ । मैले अगाडि पनि भनिसकें, बजेट भाषण अनुसार नै विकासका कामहरु अगाडि बढेका छन् ।

नगरपालिका र नागरीकहरुबीचको सम्बन्ध कस्तो छ ?

स्थानिय निकाय नभएको कारणले गर्दा २०५४ साल देखि नागरीकका समस्याहरु जन्जालको रुपमा थिए । यस्ता समस्याहरुलाई नगरपालिकाले समाधान गरेकोले नगर र जनताबीचको सम्बन्ध अत्यन्तै सुमधुर छ । नागरीक र वडा, वडा र नगर, नगर र नागरीक यी तीन वटाबीचको सम्बन्ध राम्रो छ ।

नगरको आगामी योजनाहरु के कस्ता छन् ?

निमार्ण सम्पन्न हुदै गरेको नगरपालिका भवनको उद्घाटन कार्य छिटै हुन्छ । त्यस्तै नगर अस्पतालको टेण्डर प्रक्रिया सिद्धिननै लागेको छ । आउँदा दिनमा नगरका सबै स्थानमा विधुत सेवा पुर्‍याउने योजना छ ।

संघ र प्रदेश सरकारबाट के कस्ता सहयोगहरु पाउनुभएको छ ?

संघीय सरकार र प्रदेश सरकारबाट नियमित पाउने सहयोगहरु त पाइरहेकै छ । स्वास्थ्य, शिक्षा, वन, नदि र कर्मचारी समायोजन जस्ता क्षेत्रमा नचाहेर पनि विवादहरु छन् ।

नदिको कटानलाई नियन्त्रण गर्नका लागि कस्ता कामहरु गर्नुभएको छ ?

हाम्रो नगरपालिकाको धेरै वडाहरुलाई छोएरबीच भागबाट बग्ने त्रियुगा नदिको कटानलाई नियन्त्रण गर्न केन्द्र सरकारसँगको समन्वयमा तारजाली लगाउने बाँध बनाउने कार्य भैरहेको छ ।

तपाईले यो कार्यकालमा के कस्ता चुनौतीहरु सामाना गर्नुभयो ?

स्रोत साधनको अभावले विकास निर्माणका कार्यहरुमा धेरै समस्याहरु भए । नागरिकको जनचेतनाको कमिले गर्दा संघीयताबारे बुझाउन पनि सकिएन । कतिपया जनप्रतिनिधिहरुको व्यक्तिगत आकांक्षाले गर्दा पनि समस्याहरु आए ।

हालसम्म नगरपालीकाले गरेको मुख्य कामहरु के के हुन् ?

शिक्षा र स्वास्थ्यलाई दुरुस्त बनाउनु, विजुली वत्ति र खानेपानी सबै क्षेत्रमा पुर्‍याउनु, कृषिमा विकास, लगायतका कार्यहरु हामीले अनियमितता रहित ढंगले गरेका छौं । भर्खरै हामीले किसानहरुलाई ८५ टन आलुको विउ बितरण गरेका छौं । नगरपालीकाले यस्ता कार्यहरु अनगिन्ती गरेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आईतवार १७:०९   :  बजे

156
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।