Logo

अन्तर्वार्ता

नैतिकताको आधारमा मुख्यमन्त्रीले राजिनामा दिनुपर्छ : रामनरेश राय यादव [अन्तर्वार्ता]



प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई बर्खास्त गरेका छन्। २०७४ सालको प्रदेशसभा निर्वाचनमा यादव तत्कालिन राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएएका थिए । पछि राजपा र संघीय समाजवादी पार्टीको एकता भएपछि जनता समाजवादी पार्टी बनेको हो ।

महन्थ ठाकुर पक्ष विभाजन भएपछि मुख्यमन्त्री राउतले तत्कालिन राजपाबाट मन्त्री बनेका अरुलाई बर्खास्त गर्दा यादव भने उपेन्द्र यादवको पक्षलाई नै समर्थन गरेकोले कायमै रहेका थिए । प्रदेश २ सरकारलाई अख्तियारले साइकल खरिद प्रक्रियामा भ्रष्ट्रचार भएको प्रतिवेदन पठाएपछि यादवलाई बर्खास्त गरिएको हो । साइकल खरिदमा भएको भ्रष्ट्रचार, आगामी चुनाव र प्रदेश नम्बर २ को समसामयिक विषयमा अनलाइनपानाकर्मी रामनाथ कुँवरले रामनरेश राय यादवसंग गरेको कुराकानीको संम्पादित अंश :

तपाईलाई मुख्यमन्त्रीले बर्खास्त गर्नुको मुख्य कारण के हो ?

मलाई बर्खास्त गरेकोमा मेरो घोर आपत्ती छ । मैले कुनै पनि भ्रष्ट्रचार गरेको छैन । मुख्यमन्त्री जिउले मलाई कुनै स्पष्टिकरण नमागिनै यसरी बर्खास्त गर्नु हुँदैनथ्यो । अदालतले त प्रदेश दुईमा भ्रष्ट्रचार भएको छ मात्र भनेर पहिलो चरणको प्रतिवेदन प्रदेश प्रमुखकोमा पठाएको हो । मैले नै भ्रष्ट्रचार गरेको हो भनेर त अदालतले प्रमाणीत गरेको छैन् । यसरी विना प्रमाण पदमुक्त गर्न मिल्दैन मुख्यमन्त्रीले जनतालाई जवाफ दिन पर्छ ।

दुई नम्बर प्रदेश सरकारले भ्रष्ट्रचार गरेकै हो ?

यो कुरा अदालतलाई सोधनुस् । अदालतले भ्रष्ट्रचार भएको छ मात्र भनेको हो । कहाँ, कस्ले, कुन मन्त्रालयमा, कति भ्रष्ट्रचार भएको भनेर त प्रमाणीत गरेको छैन् । जसरी अदालतले छापा मारेयो । त्यसपछि भ्रष्ट्रचार भएको भनेर प्रदेश प्रमुखको कार्यलयमा प्रतिवेदन पठायो हाल सम्म यति मात्रै भएको हो । प्रमाणित गरेको छैन् ।

मुख्यमन्त्री लालबाबु राउतले भ्रष्ट्रचार गरेको हो ?

जुन आरोप अदालतले लगाएको छ । त्यो आरोप मुख्यगरि मुख्यमन्त्रीलाई नै हो । यसमा उहाँले मलाई पदमुक्त गरेर पानिमाथीको ओभानो बन्न सक्नुहुन्न् । त्यसैले यसको जवाफ मुख्यमन्त्री जिले नै दिनुपर्छ । हाम्रो यो चार वर्षको कार्यकाल सफल रहेको जस्तो थियो तर यो आरोपले प्रश्न उठाएको छ । यसको जवाफ मुख्यमन्त्री बाहेक अरुले दिन जायज हुँदैन् ।

मुख्यमन्त्रीले राजिनामा किन दिने ?

भ्रष्ट्रचारको जुन प्रश्न उढेको छ त्यसको उत्तरको लागि र नैनिकताको हिसाबले पनि उहाँले राजिनामा दिनुपर्छ । तत्कालै स्थानिय तहको, प्रदेशको, प्रतिनिधि सभाको निर्वाचन आइसकेको छ । निर्वाचनमा यस्तो आरोप लागेको मुख्यमन्त्री लिएर जान हुँदैन् । पार्टीको भविष्यको लागि र प्रदेश २ का जनताको लागि पनि उहाँले राजिनामा दिन जरुरी छ । यो भ्रष्ट्रचारको कुरा उठेको बेलामा नै मैले उहाँलाई राजिनामा दिन आग्रह गरेको थिएँ ।

प्रदेशमा नयाँ नेतृत्वको सरकार किन आवश्यक छ ?

नयाँ सरकारले नयाँ जोस र जाँगरको साथ काम गर्छ । मुख्यमन्त्रीको राजिनामापछि सम्पूर्ण मन्त्री आफै हटेर जान्छन् । त्यसैले सबै नयाँ मन्त्रीहरु चयन हुन्छ । यसले गर्दा पार्टीलाई आगामी चुावमा जानपनी सजिलो हुन्छ । पार्टीका सबै साथिहरुलाई पालो दिनको लागि पनि सरकार नयाँ बनाउन पर्छ । यसले पार्टी र सरकार दुबैको भलो हुन्छ । यहि मुख्यमन्त्रीको चेहेरा लिएर निर्वाचनमा जाने हो भने पार्टीले ठूलो क्षती वेहोर्नपर्छ ।

तपाईहरु अब फेरि पार्टी फुटाउने सोचमा हुनुहुन्छ ?

यस्तो विचार हाम्रो मनमा कहिलै आउने छैन् । किनकी यो पार्टी निर्माण गर्न हामीले धेरै पसिना बगाएका छौं । यो पार्टीलाई यहाँसम्म ल्याउनमा मेरो धेरै भूमिका छ । हामीले त यो पार्टीको प्रतिष्ठा बचाउन सधै प्रयत्न गरिरहेका छौं । म मुख्यमन्त्रीको विरोधमा नभएर सिस्टमको बिरोधमा उभिएको छु । यो पार्टीको अस्थित्व बचाउन र हितको लागि नै मैले उहाँको राजिनामा मागेको हुँ ।

चुनाव नजिकीदै छ आगामी चुनावमा के-के एजेन्डा लिएर जनतासामु जाँदै हुनुहुन्छ ?

यस विषयमा हामी पार्टीमा धेरै छलफल गर्छौं । छलफल गरेर जनतालाई हित हुनेगरी पार्टीले घोषणा पत्र तयार गर्छ । त्यसमा हाम्रो सुशासन, विकास मुख्य एजेण्डा हुनेछन् । त्यसैगरी जनतासंगको छलफलपछि उहाँहरुको मागलाई पहिचान गरेर एजेण्डा बनाउने छौं ।

प्रदेश २ मा प्रदेशको नाम र राजधानीको अझै टुंगो लागेको छैन । यसमा के भन्नु हुन्छ ?

यो विषय अब छिटै टुंगो लाग्नेछ । अहिले गठबन्धनको २ तिहाई बहुमतको सरकार छ । त्यसैले यो बिषय छिटै टुंगो लगाउन सक्छ । यो विषयलाई हामी छिटै अगाडि बढाउने छौं । साझा सहमतीबाट यो काम छिटै हुन्छ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार १४:४६   :  बजे

198
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।